|

कास्की क्षेत्रनम्बर ३ मा रबिन्द्र अधिकारी निर्बाचत

गोकुल बानियाँ
पोखरा ७ मंसिर । कास्की क्षेत्रनम्बर ३ मा नेकपा एमालेका रबिन्द्र अधिकारी बिजयी भएका छन् । अघिल्लो संबिधानसभा निर्बाचनको जित दोहो¥याउने क्रममा उनले १३ हजार एक सय १० मत ल्याई निर्बाचित भएका हुन् ।

निकटतम प्रतिद्धन्दी कांग्रेसका सोभियात बहादुर अधिकारीलाई २ हजार २ सय २२ मतले पछि पार्दै अधिकारी पुन संबिधानसभा सदस्य पदमा निर्बाचित भएका हुन् । कांग्रेसका सोभियत अधिकारीले १० हजार ८ सय ८८ मत पाएका छन् । त्यस्तै एकिकृत माओबादीका रामजी बरालले ४ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।

पहिलो संबिधान सभा निर्बाचनमा १३ हजार ३ सय ८६ मत सहित बिजयी भएका थिए । उनले अघिल्लो निर्बाचनमा एमाओबादीका झलकपाणी तिवारीलाई हराएका थिए । कुल ४१ हजार २ सय १८ मतदाता खसेको ३२ हजार ५४ मतमा एक हजार ४६ मत बदर भएका छन् र ३१ हजार ८ मत मात्र सदर भएका छन् । यो क्षेत्रमा अघिल्लो निर्बाचनमा दोस्रो स्थानमा रहेको एमाओबादी अहिले तेस्रोमा झरेको छ र कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

एमालेका प्रभाबशाली युवा नेताको रुपमा चिनिने अधिकारीले बिगठित संबिधानसभामा पनि निकै राम्रो भूमिका निर्बाह गरेका थिए । उनि संसद बिकास कोषको रकम पारदर्शी रुपमा खर्च गर्ने मध्य ६०१ मा पहिलो नम्बरमा थिए ।

कास्कीका अन्य क्षेत्रको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार बाकी ३ क्षेत्रमध्य दुई ओटामा एमालेले अग्रता कायमै राखेको छ । एउटा क्षेत्रमा कांग्रेस अगाडि छ ।

Posted by Unknown on 9:26 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्की क्षेत्रनम्बर ३ मा रबिन्द्र अधिकारी निर्बाचत"

Leave a reply