|

युएईको अबुधावीमा फेरि एक नेपालीको मृत्यु


लालबहादुर ढेंगा, दुबई, युएई

दुबई । नेपाली रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ । युएईस्थित लगभग दुई लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत रहेका छन् भने अझै भित्रिने क्रममा पनि बृद्धि हुंदै गएको पाईन्छ । नेपाली कामदारहरुको आगमनमा बृद्धि हुदै गएको परिपक्ष्येमा विभिन्न कारणवंशबाट मृत्यु हुनेहरुको संख्यामा पनि दिनाहुं बृद्धि हुदै गएका छन् ।

गत १५ नोभेम्बर शुक्रबारका दिन अबुधावीको गयातीस्थित एउटा क्याटरिङमा कार्यरत (चेगा) जुहाङ–३, गुल्मी निवासी २६ बर्षीय गोपाल भण्डारी (टापु) को असामयिक रुपमा मृत्यु हुन गएको छ । उनी १४ नोभेम्बर बिहीबारका राति खाना खाएर सुटेपछि १५ नोभेम्बर शुक्रबारका बिहान मृत अवस्थामा पाएको हो ।

लोकनाथ भण्डारीको चार पुत्रहरुमध्ये माहिला छोरा पर्ने मृतका गोपाल भण्डारी आफ्नो घर परिवारलाई सुख र शान्ति दिने हेतुले वैदेशिक रोजगारीको सिलसिलामा विगत ६ महिना पहिले युएई छिरेका थिए । उनको घरमा ३ बर्ष पहिले विवहा भएकी श्रीमतीकी साथ १ बर्षकी छोरी समेत रहेकी छिन् ।

युएईको सन्दर्भमा हेर्ने हो भने नेपालीहरुको यस्तो अवस्थामा मृत्यु हुनेहरुको संख्यामा बढ्दो छ । किन कि बाहिर ४० डिग्रीदेखि लिएर ५५ डिग्रीसम्मको तापक्रममा काम गरेर एसीको चिसो कोठामा सुटेपछि हृदयघातबाट मृत्यु हुनेहरुको संख्यामा बृद्धि हुन आएको हो । डाक्टरको सल्लाह अनुसार एक व्यक्तिले एक दिनमा कम्तिमा पनि चार लिटर पानी पिउनु आवश्यक पर्दछ । डाक्टरको जानकारी अनुसार बाहिर तापक्रममा काम गरेपछि शरीरमा पानीको मात्रा कमि भएपछि एसीको चिसो हावाले गर्दा यस्ता खालका घटनाहरु घट्नमा सम्भावना धेरै रहने बताउछन् ।

लाशलाई हालको लागि अनुसन्धानका लागि राखिएको छ । अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रियामा अगाडि बढाई नेपाल पठाउन पहल गरिने गुल्मी टुडेका सम्पादक मानबहादुर कुंवर र मृतकको नजिकका आफन्त पर्ने मिन भण्डारीले जानकारी दिएका छन् । यस दु:खद घडिको समयमा युएईस्थित संचालनमा रहेका गुल्मीवासीहरुको सांझा संस्था गुल्मी समाज युएईले एउटा विज्ञप्ती मार्फत आफ्नो श्रद्धांञ्जली समेत जनाएका छन् ।

युएईस्थित वैदेशिक रोजगारीका लागि आएका नेपाली कामदारहरुले हरेक बर्षमा यस्तैगरी ५० जनादेखि लिएर ८५ जनाको हाराहारीमा आफ्नो ज्यान गुमाउन पुगेका छन् । विगत १ जनवरी २०१३ देखि आज १८ नोभेम्बर २०१३ सम्मको नेपाली राजदूतावास अबूधावीका उपनियोग प्रमुख दीपक अधिकारीले दिनुभएको तथ्याङ्क अनुसार यस बर्षमा ५९ जना र हालमा मृत्यु भएका गोपाल भण्डारी सहित ६० जना नेपालीहरुले ज्यान गुमाएका छन् ।

Posted by Unknown on 8:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईको अबुधावीमा फेरि एक नेपालीको मृत्यु"

Leave a reply