|

तमु ल्होसार तथा तमु प्येल्हु संघ नेपालको छैटौँ खुल्ला तमु साँस्कृतिक नृत्य प्रतियोगितामा तरेली साँस्कृतिक परिवार प्रथम

 
पोखरा, १५ पौष/तमुहरुको महान चाड ल्होसारको अवसर पारी तमु प्ये ल्हु संघ केन्द«ीय युवा समितिको आयोजनामा आयोजित त ल्होसार तथा छैटौँ खुल्ला तमु साँस्कृतिक नृत्य प्रतियोगितामा तरेली साँस्कृतिक परिवारले प्रथम स्थान हासिल गर्न सफल भएको छ । परिवारले नगद १५ हजार सहित प्रमाणापत्र र मायाको चिनो प्राप्त गरेको छ । १४ समूहको सहभागिता रहेको प्रतियोगितामा कमलपोखरी मार्ग टोल विकाससमितिले द्धितीय स्थान हासिल गर्दै नगद १० हजार सहित प्रमाणपत्र र मायाको चिनो, तृतिय हुन सफल सिक्लेस युवा क्लवले नगद ७ हजार सहित प्रमाणपत्र र मायाको चिनो त्यसैगरी सान्त्वना स्थान हासिल गर्न सफल सरस्वती उच्च माविले नगद ४ हजार सहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषा तर्फ भुजुङ्ग युम्पो तमु समाजले नगद २ हजार ५ सयसहित प्रमाणपत्र र मायाको चिनो, उत्कृष्ट नृत्य निर्देशकतर्फ सरस्वती उच्चमाविका नृत्य निर्देशक रेशम तमुले नगद २ हजार ५ सयसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नुभएको छ भनेप्रोत्साहन विधातर्फ नेपाल तमु विद्यार्थी छोज धिं जुनियरले १ हजारसहित माायाको चिनो प्राप्त गरेको छ ।नृत्य निर्देशक मेनकाजी तमूको संयोजकत्वमा गठित निर्णय मण्डलमा संस्कृतकर्मी कृष्ण कुमार तमु, नृत्य निर्देशक गोरे तमु हुनुहुन्थ्यो । तमु प्ये ल्हु संघ केन्द«ीय क्वोँइवो परिसरमा आयोजित प्रतियोगितालाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले प्रायोजन गरेका थिए । प्रतियोगितामा प्रथम पुरस्कार तमु प्ये ल्हु संघ दुवई शाखाले, द्धितिय पुरस्कार मलेशियामा कार्यरत युवा समितिका भूपू सदस्यहरु चोक ल्हेगेँ तमु, टेकेन्द« ल्हेगे तमु, हेमा योज्मे तमु र दिलिप क्रोम्छै तमुले, तृतीय पुरस्कार दुवईमा कार्यरत युवा समितीका पुर्वअध्यक्ष थमन प्हच्यु तमु, महेश पैगीलम तमु, लोक वहादुर केप्छै तमु र तारा पैगीलम तमु र सान्त्वना पुरस्कार हङ्गकङ्गमा कार्यरत केन्द«ीय युवा समितिका भूपु कोषाध्यक्ष प्रमिला क्रोम्छै तमुले प्रायोजना गर्नुभएको थियो । त्यसैगरी उत्कृष्ट भेषभुषा तर्फ कोरियामा कार्यरत युवा समितिका भूपू सदस्य हिरा प्ल्हेँ तमुले र उत्कृष्ट नृत्य निर्देशकको युवा समितिका सदस्य विमला सरब्ज तमुले प्रायोजना गर्नुभएको थियो ।


Posted by Unknown on 12:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तमु ल्होसार तथा तमु प्येल्हु संघ नेपालको छैटौँ खुल्ला तमु साँस्कृतिक नृत्य प्रतियोगितामा तरेली साँस्कृतिक परिवार प्रथम"

Leave a reply