|

याङ्जाकोटमा उच्च मध्यामिक विद्यालय १२ भवनको शिलान्सयस |

ओम पह्च्यु तमु-२९ पुस, पोखरा, कास्कीको  थुमाको डाँडा गा.वि.स. याङ्जाकोटमा रहेको श्री सिताराम उच्च मध्यामिक विद्यालय १२ कक्षाको व्यवस्थीत पठन पाठन सञ्चालन गर्न निर्माण  गरिन लागेको आधुनिक पक्की भवनको हिजो एक कार्यक्रमका बीच शिलान्सयस गरिएको छ । यङ्जाकोट घर भएका भु पु सैनिकहरुको संस्थाको विषेश पहलमा उक्त भनव निमार्ण गरिन लागेको बताइएको छ ।  काठमाडौबाट आउनु भएको प्रमुख अतिथि भरतीय राजदुतावासका कर्णल श्री अजय पास बोला सुर्य चक्रको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  साथै पोखरा पि पि ओ पोखरा को अफिसरको समेत कार्यक्रममा सहभागीता रहेको थियो । याङ्जाकोट समाजका अध्यक्ष अ.ले. दल बहादुर क्रोम्छै तमूको विषेश सहयोगमा कार्यक्रमको अयोजना भएको थियो त्यसै गरी यङ्जाकोट समाजका सचिव अ०के० घनबहादुर तमू उप्ध्यक्ष सु०धनसुब्बा तमू, अ०के० श्री चन्द्रप्रसाद तमू, सु० प्रेम तमु, सु० श्री दुधरास तमु, सु० श्री रासबहादुर तमु, लगायत अन्य भु पु हरु को कार्यक्रममा सहाभागीता रहेको थियो । साथै मृत्यु भएको भु पु का परिवारहरु लाई प्रमुख अतिथीबाट केही रकम सहयोग स्वरुप उपलब्ध गराइएको थियो । कार्यक्रमका अतिथिह्रलाई थुमाको डाँडा गा.वि.सका बासिन्दा र सिता राम उच्चा मध्यामिक विध्यालायका विध्यार्थी ले फूल माला लिएरा स्वागत गरेक थिए ।



Posted by Unknown on 1:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " याङ्जाकोटमा उच्च मध्यामिक विद्यालय १२ भवनको शिलान्सयस |"

Leave a reply