ताङ्तीङ समाज uk मा च्यरिटी डीनर,
टाउ गुरुङ ताँङतिङ (uk ) समाज
अल्डरसट, हेम्पसाइर । गत १२ जनवरी, २०१४ आइताबारका दिन ताङ्गतिङ्ग समाज युकेद्धारा आफ्नो ताङ्गतिङ्गमा बर्षिनी संचालन हुँदै आएको ताङ्गतिङ्ग चैत्र मेलाका लागि अक्षय कोष स्थापना गर्न एउटा च्यारिटी डीनर कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । संयुत्त अधिराज्य बेलायतको लागि नेपाली राजदुत डा. सुरेश चन्द्र चालिसेको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापति यसै समाजको अध्यक्ष श्री केश बहादुर गुरुङ्गले गरेको थियो । महामहिम राजदुत डा. चालिसे र समाजको अध्यक्ष केश बहादुर गुरुङ्गद्धारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रमको सुरुवातमा यस च्यारिटी डीनर कार्यक्रमका प्रमुख संयोजक यस समाजको सदस्य श्री लक्ष्य बहादुर गुरुङ्गले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि महानुभावहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनुभयो । लगत्तै यसै च्यारिटी डीनरको कार्यक्रमको अर्को प्रमुख संयोजक समाजका सदस्य श्री तर्क जङ्ग गुरुङ्गले ताङ्गतिङ्ग गाउँमा बर्षिनी संचालन हुँदै आएको चैत्र मेलाको बारे, यस मेलाले हासिल गरेका सफलताहरु र यस च्यारिटी डीनरको प्रमुख उद्धे्रश्यबारे प्रकाश पार्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा भिडीयो क्लिप सहित यसै समाजका बरिष्ठ सदस्य श्री जीत गुरुङ्गले मेलाको इतिहासबारे बताउनुभयो । त्यसैगरि उक्त कार्यक्रममा ताङ्गतिङ्ग समाज युकेको सल्लाहकार क्याप्टेन गौ गुरुङ्गले ताङ्गतिङ्गको बिकासबारे बताउनुभएको थियो । मन्तव्यको क्रममा कार्यक्रमको प्रमुख अतिथि राजदुत डा. सुरेश चन्द्र चालिसेले बिदेशमा बसेर आफ्नो मातृभुमिको लागि ताङ्गतिङ्ग समाज युकेले यस्तो सहयोगको कार्यक्रम संचालन गर्नु सह्रानिय भएको र नेपालजस्तो भौतिक अनि प्राकृतिक प्रकोपका दृष्टिले अति जोखिमपुर्ण देशको लागि यस्ता किसिमका कार्यक्रमहरु गरेर सहयोग गर्न सकिने कुरा बताउनुभयो ।
कार्यक्रममा बेलायत स्थित छिमिकी गाउँहरुका थुप्रै तमु संघसंस्था अनि गैर तमु संस्थाका पदाधिकारिहरु अनि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तमुधिं युकेका अध्यक्ष श्री कमल गुरुङ्गले आफ्नो जन्मभुमिको लागि यस्तो पुण्य काम गर्नुभएकोमा यस कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । त्यस्तैगरि तमु प्हे ल्हु संघ युकेका अध्यक्ष श्री सोम गुरुङ्गले आफुले ताङ्गतिङ्गको भ्रमण गरिसकेको र यदि कसैले गुरुङ्ग÷तमुहरुको बास्तविक धर्म संस्कार अनि प्रचलन आदिबारे बुझ्न वा सिक्न चहानुहुन्छ भने ताङ्गतिङ्ग जान आग्रह गर्नुभयो । त्यस्तै गरि कार्यक्रममा गैर आवसिय नेपाली संघ युकेका प्रथम अध्यक्ष श्री योगेन बहादुर क्षेत्रीले ताङ्गतिङ्गको बारे आफुले धेरै राम्रा कुराहरु सुनिसकेको र भर्खर मात्र देखाइएको भिडीयोले पनि ताङ्गतिङ्ग साँचै नै रमणिय गाउँ भएको प्रमाणित भएकोले आफु आवश्य पनि ताङ्गतिङ्ग जाने विश्वास दिलाउनुभयो । त्यस्तैगरि गैर आवशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोपको प्रतिनिधि सुस्मा लिम्बुले आफ्नो देश अनि जन्मभुमिको मद्धतको लागि धन भन्दा मन चाहिने र मनले चिताएमा जस्तोसुकै सहयोगको काम पति फक्ते गर्न सकिने कुरा भन्नुभयो ।
मन्तव्यकै क्रममा ताङ्गतिङ्ग मितेरी संघको पुर्ब अध्यक्ष प्राध्यपक मोरे बेलिसले ताङ्गतिङ्ग बास्तबमै अति सुन्दर ठाउँ रहेको र यस गाउँको बिकासका लागि ताङ्गतिङ्ग मितेरी संघले भरमुग्घर सहयोग गर्ने बताउनुभयो । ताङ्गतिङ्गको एकदमै हितैषि अनि शुभचिन्तक मित्र जोन रेलीले आफु ताङ्गतिङ्ग १६ पटक गइसकेको र अभैm गइरहने कुरा भन्नुभयो । उहाँले ताङ्गतिङ्ग बास्तबमै बिदाको लागि एउटा रमणिय गन्तब्य स्थल रहेको कुरा बताउनुभयो । यहाँहरुको जानकारीका लागि उहाँ Isle of Man को हुनुहुन्छ र बिशेष गरि ताङ्गतिङ्गको स्कुलको (छात्राबास भवन) लागि धेरै सहयोग गरिरहनु भएको छ । त्यस्तै गरि ताङ्गतिङ्ग मितेरी संघको अर्को सदस्य श्री स्टाउर्ट म्याकअर्थरले ताङ्गतिङ्ग मितेरी संघको संस्थापक अध्यक्ष टीना नाइटको अनुपस्थितिमा उहाँले यस च्यारिटी डीनर कार्यक्रमको लागि पठाउनु भएको सन्देश पढेर सुनाउनु भएको थियो । साथसाथै भु.पु. मानानिय नन्द जङ्ग गरुङ्गले बेलायत स्थित नेपाली संघसंस्थाहरुले राम्रो काम गरिरहेको र यसरि नै भविष्यमा पनि आफ्नो देश अनि जन्मभुमिको लागि सहयोगका कार्यक्रमहरु जारि राख्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको अन्तिममा यस कार्यक्रमका अध्यक्ष तथा ताङ्गतिङ्ग समाजको अध्यक्ष श्री केश बहादुर गुरुङ्गले ताङ्गतिङ्ग गाउँ एउटा नमुना गाउँको रुपमा स्थापित भइसकेको र गाउँमा संचालन यस्ता मेलाबाट स्थानिय प्रतिभाहरु (खेलकुद, कला संस्कृति) प्रस्फुटन गर्नमा निकै सहयोग पुगेको कुरा बताउनुभयो । अन्तमा आफ्नो ब्यस्तताको बाबजुत पनि कार्यक्रम सरिक भइ सहयोग गरिदिनुभएकोमा सम्पुर्ण उपस्थित गाउँले तथा अतिथि महानुभाबहरुलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा गैर आवशिय नेपाली संघ युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, गैर आबशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको पदाधिकारीहरु, छिमिकी गाउँहरुका युकेसमाजका पदाधिकारीहरु, चार भंज्याङ्ग तमु समाज युकेको अध्यक्ष, याङ्गजाकोट तमु समाज युकेको अध्यक्ष, खिलाङ्ग समाज युकेको अध्यक्ष, सिक्लेस पार्चे समाज युकेको अध्यक्ष, बेलायत स्थित नेपाली पत्रपत्रिकाका पत्रकारहरु, लण्डन स्थित नेपाली टेलिभिजनको अध्यक्ष गरि थुप्रै संघसंस्थाका पदाधिकारिहरु अनि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम ताङ्गतिङ्ग समाज युकेका सचिब दुर्गा गुरुङ्ग र ब्रिटिश गोर्खा रेडियोको कार्यक्रम संचालिका पुष्पा गुरुङ्गले संचालन गर्नुभएको थियो ।
