|

जसले दुर्गम गाउँलाई सदरमुकामसंग जोड्ने काम गर्छ |

देवी जंग गुरुङ  पोखरा
असार १२ गते  , दुर्गम गाउँहरुलाई सदरमुकामसंग जोड्ने काम त्यति सहज छैन । आर्थिक रुपले सक्षम भएपनि प्राविधिक रुपमा बाटो निर्माणका लागि सक्षम नभए  निर्माण कार्य हुनै सक्दैनन् । पैदलले घण्टौँ लाग्ने बाटाहरु यातायातको सुविधासंगै केही समयमै पुग्न सकिन्छ । तर सेवा सुविधा उपभोग गर्दा जति सहज र सजिलो हुन्छ त्यो भन्दा बढि गा¥हो र जोखिम त्यस्ता बाटा निर्माण गर्दा बाटो बनाउनेहरुलाई हुन्छ । वर्षौदेखि दुर्गम गाउँहरुलाई सदरमुकामसंग जोड्नका निम्ति आफ्नो ज्यान जोखिममा राखी कास्की पार्चे गाविस सोँधाका आस वहादुर क्रोम्छै तमु लागिरहनुभएको छ ।
 नौ वर्ष साउदी अरवमा डोजर चालकको रुपमा अनुभव लिइसक्नुभएका तमुले स्वदेश फर्केपछि त्यही अनुभवलाई दुर्गम गाउँगाउँमा बाँड्ने काम गरे, डोजर चलाएर । रोल्पा, रुकुमदेखि, गोरखा, म्याग्दी, लमजुङ, नवलपरासी, तनहुँ र कास्कीका विभिन्न ग्रामिण भेगहरुमा यातायातको सेवा पु¥याउन आफ्नो पाखुरा घुमाईसकेका तमुलाई स्वदेशमै यस्ता सेवामुखि काम गर्न पाएकोमा खुशी ब्यक्र गर्नुहुन्छ । ४० वर्षिय तमु वाल्यकालदेखि नै समाजसेवाको भावना भएका व्यक्ति भएको उहाँका गाउलेहरु वताउछन् । अहिले तमु कास्कीको मोहारिया दानसिंङ क्षेत्रमा ग्रामिण सडक निर्माणको क्रममा हुनुहुन्छ । उहाँजस्तो विकासप्रेमी व्यक्तिलाई तपाई हामी र नेपाल सरकारले पनि सम्मान गर्न सकियोस्


  दंसिंग  मोरिया



Posted by Unknown on 1:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " जसले दुर्गम गाउँलाई सदरमुकामसंग जोड्ने काम गर्छ |"

Leave a reply