|

उमेरको प्रभाह विनै कखरा सिक्दै सिक्लेस्सी आमाहरु |

सुरेन्द्र पौडेल
पोखरा, ४ आसर /अरुको सहयोग लिनुपर्ने बाध्यता थियो उनलाई । श्रीमानलाई फोन गर्नका लागि ‘नम्बर डायल’ गर्न अरुकै सहयोग आवश्यकता पर्दथ्यो । तर, अहिले उनको समस्या समाधान भएको छ । अहिले उनले आफैले श्रीमानको चिठी तथा पत्रपत्रिका पढ्न र मोबाइलमा फोन नम्बर डायल गर्न सक्छिन् । मोबाइलमा म्यासेजसमेत आफैले लेख्न सक्ने भएकी छन्, उनी

उमेरको प्रभाह विदै कखरा सिक्दै आमाहरु
उमेरको प्रभाह विदै कखरा सिक्दै आमाहरु
पोखरा रोयल सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको निःशुल्क प्रौढ शिक्षा कार्यक्रमबाट साक्षर बनेपछि उनको खुसीको सीमा छैन । उनी मात्र होइन सिक्लेसका अन्य महिलाहरु पनि साक्षर बन्न पाएकोमा खुसी छन् । समूहमा उभिएर आफ्नो नाम उच्चारण गर्न नसक्ने केही महिलाहरु आज खुलेर बोल्न सक्ने भएका छन् । नाम लेख्न जानेका छन् भने अंक चिनेर आफ्नो हिसाब आफैले गर्न सक्ने भएका छन् । ल्याप्चे लगाउन बाध्य केही महिलाहरु आज आफ्नो हस्ताक्षर आफै गर्न सक्षम बनेका छन् ।

गत चैत १ गते सुरु सहकारीको ३ महिने साक्षरता कार्यक्रमबाट पार्चे–६ सिक्लेसस्थित गैरीथरका स्थानीय ३० जना महिलाहरु लाभान्वित भएका छन् । साक्षर महिलाहरुलाई हालै एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको सहकारीका प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिए । प्रौढ शिक्षा कक्षामा सहभागी ६४ वर्षीया खुमाया गुरुङले आफू अक्षर चिन्न सफल भएकोमा साह्रै खुसी लागेको बताइन् । ‘गत वर्षपनि प्रौढ शिक्षामा सहभागी भएको थिएँ । घरको कामले नियमित कक्षामा उपस्थित हुन सकिन,’ उनले भनिन्, ‘यसपटक नियमित रुपमा कक्षामा उपस्थित भएपछि साक्षर बन्न सफल भएको छु ।’ आफ्नो नाम आफैले लेख्न र हस्ताक्षर गर्न सक्दा ज्यादै खुसी भएको उनले आफ्नो अनुभव सुनाइन् ।

बुढेसकालमा उमेरको प्रवाह नगरी सिक्लेसका महिलाहरु ३ महिनासम्म अध्ययनमा व्यस्त रहे । सानोमा अध्ययन गर्ने अवसर नपाए पनि अहिले प्रौढ शिक्षामार्फत अक्षर चिन्न सक्षम बन्दा खुसी लागेको ६० वर्षीया ईन्द्रकुमारी गुरुङले बताइन् । पहिलो चरणमा सिक्लेसका ३० जना महिलाहरु कक्षामा सहभागी भएपनि अन्य धेरै महिलाहरुले प्रौढ शिक्षाप्रति चासो देखाएको सहकारीका प्रवन्ध निर्देशक गुरुङले बताए ।

Posted by Unknown on 5:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उमेरको प्रभाह विनै कखरा सिक्दै सिक्लेस्सी आमाहरु |"

Leave a reply