मादीमा पुल नहुँदा ताङतिङ बसी पोखरा आवत जावतमा समस्या |
आश गुरुङ , असार ८ – मादी नदीमा पुल नहुँदा उत्तरपूर्वी कास्कीको पर्यटकीय गाउँ ताङतिङ र आसपासका वासिन्दालाई ओहोरदोहोरमा समस्या परेको छ । पोखरादेखि झण्डै २० किलोमिटर टाढा सिल्दुजुरे र नामार्जुङ गाविस जोड्ने एकमात्र झोलुङ्गे पुल ४ बर्षअघि मादी नदी थुनिएपछिको बाढीले बगाएको थियो । गएको बर्ष नामार्जुङ गाविसको सेतीखोला रोयाँ गाउँका वासिन्दाले अस्थायी पुल बनाएर ओहोर दोहोरको ब्यवस्था मिलाएपनि अहिले त्यसलाई पनि नदीले बगाउन लागेको छ
अस्थायी पुललाई मादीले बगाउन थालेपछि अपर मादी आयोजनाको बाँधस्थलसम्ममात्रै मोटर चलेको छ’ स्थानीय बेदबहादुर गुरुङ ‘श्याम’ ले भन्नुभयो ‘पुलबाट वारपार गर्न नसक्दा पोखरा आउनजान निकै समस्या छ । पुल निर्माणका लागि पटक पटक संबन्धित सरकारी कार्यालयमा धाएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
निर्माणाधीन अपर मादी जलविद्युत आयोजनाको बाँधस्थलदेखि ५० मिटर टाढा अस्थायी पुल रहेको छ । त्यस ठाउँमा मोटरेवल पुल निर्माणका लागि प्रभावित क्षेत्र नामार्जुङ गाविसका वासिन्दाले पटकपटक हारगुहार गरेपनि जलविद्युत आयोजनाले कुनै वास्ता नगरेको स्थानीय एक्कजंग गुरुङले वताउनुभयो । अपर मादी जलविद्युत आयोजनाको सरोकार समितिले पनि स्थानीयको मागलाई लिखित रुपमा आयोजनाको निर्माण कम्पनीसंग पुर्याएको छ । निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोसंग शुरुमा भएको २२ बुँदे सहमति अनुसार नै उसले काम गरिरहेकाले पुल निर्माणबारे चासो नदिएको सरोकार समितिका अध्यक्ष मनबहादुर गुरुङले वताउनुभयो
साढे १ बर्षदेखि निर्माणाधीन अवस्थामा रहेको अपर मादी जलविद्युत आयोजनाले प्रभावित गाविसमा सडक, बाटोघाटो तथा सिञ्चाईका कामहरु गर्दै आएको दावी गरेको छ । उसले कार्यालय ब्यवस्थापन र कर्मचारीका लागि मासिक १८ हजार रुपैयाँ पनि दिंदै आएको छ । जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका विकासका लागि निश्चित रकम विनियोजन गर्नुपर्ने भएपनि निर्माण कम्पनीले बजेट विनियोजन गरेको छैन ।
आयोजनाको सवैभन्दा प्रभावित क्षेत्र सिल्दुजुरे र नामार्जुङ गाविस परेपनि सोही गाविस जोड्न एउटा पनि पुल नबनाइदिंदा स्थानीय वासिन्दा आयोजनासँग रुष्ट बनेका छन्