घरले च्यापिएर पोखरामा दुईको मृत्यु, ३ घाइते |
सागर राज तिमिल्सिना
पोखरा, १८ असार
हिजो पोखराको लेकसाइडस्थित दरवार मार्गमा पुरानो घर भत्काउने क्रममा दुई जना मजदुरको घट्नास्थलमै मृत्यु भएको छ । घटनामा तीन जना घाइेत भएका छन् । मृत्यु हुनेमा पर्सा घर भई हाल पोखरा बस्दै आएका ३२ वर्षिय मनहोर दास र ३५ वर्षिय हरिनन्दन भण्डारी रहेका छन् । उनिहरु मेटलमा काम गर्दै आएका थिए ।
घर भत्कदा पर्साका हरेराम सिंह, विष्णुप्रसाद सुवेदी र सुरज भण्डारी घाइते भएका छन् । उनीहरुलाई हात र खुट्टामा सामान्य चोट लागेको छ । बाबुराम लामिछानेको पुरानो दुई तले ढलान घरको फलामे गोल भ¥याङ काटेर विमलाई तान्न डोरी लगाउने क्रममा विमले च्यापीयर उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो ।
उनीहरुको छाती र टाउकोमा चोट लागेको थियो । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयले सव निकालेका थिए । एक्कासी मिम खसेपछि आफूहरु भागेको तर तल भएका दुई जना साथीहरुलाई सोहि बिमले च्यापेको घाइते हरेराम सिंहले बताए
घर धनि लामिछानेले पुरानो घर भएको ठाउँमा भत्काएर पार्किङ बनाउन थालेका थिए । फलामको भ¥याङ र विमलाई छुट्टाउनका लागि मेटमा काम गर्नेहरु आएको लामिछानेले बताए । उनले पछाडी पटि होटल प्रयोजनको लागि घर निमार्ण गरिरहेका छन् । भत्कीएको घर १६ वर्ष पुरानो भएको लामिछानेले बताए ।