|

ताङतिङ क्होँइपो जग्गादाताहरुलाई प्ये ल्हुसंघद्धारा सम्मान, क्होँइपो छिट्टै निर्माण गर्ने


देवीजंग तमु ,ताङतिङ, असार १९  ,
तमुहरुको ऐतिहाँसिक र सुन्दर पर्यटकिय गाउँ ताङतिङमा क्होँइवो निर्माणका जग्गादान गर्नुभएका तीन परिवारलाई तमु प्ये ल्हु संघले एक समारोहवीच सम्मान गरेको छ ।
मौलिक प्ये ताँ ल्हु ताँ संरक्षणको धरोहर क्होँइपो निर्माणका लागि जग्गादान गरेको भन्दै प्ये ल्हु संघले वुधवार ताङतिङ वडा नम्वर २ का तिल माया प्ल्हेँ तमु, डम्वरसिं प्ल्हेँ तमु र कुमारी प्ल्हेँ तमु र वुहारी निर्मला क्रोम्छै तमुलाई र उमर प्ल्हेँ तमु र तर्कु तमु र छोरी किर सुबा प्ल्हेँ तमु र जमुना क्रोम्छै तमुका परिवारलाई संघले क्रेखी, क्रमु र फुलमालाले सम्मान गरेको हो ।
ताङतिङ वडा नम्वर २ का तिल माया प्ल्हेँ तमु र जगत माया प्ल्हेँ तमुले बाबा स्व. भाद«सिं प्ल्हेँ तमु र आमा स्व. केशरी ल्हेगे तमुको स्मृतिमा, डम्वर सिं प्ल्हेँ तमु र छोरी कुमारी प्ल्हेँ तमु र बुहारी निर्मला क्रोम्छै तमुले बाबा स्व सुल वहादुर प्ल्हेँ तमु र आमा विभा ल्हेगे तमुको नाममा जग्गादान गर्नुभएको हो भने उमर प्ल्हेँ तमु, तर्कु तमु र छोरी किर सुबा प्ल्हेँ तमुले बाबा स्व मिरु प्ल्हेँ तमु र आमा लेडे क्रोम्छै तमुको नाममा जग्गादान गर्नुभएको हो । उहाँहरु तीन परिवारले आफ्ना बाबा आमाको नाममा करिव ५ लाख वरावरको जग्गादान गर्नुभएको हो
यसैगरी संघले उक्त अवसरमा युकेबाट आउनुभएका ल्हेपृ चिवा वल वहादुर टु तमु, तमु प्ये ल्हु संघ युएईका कोषाध्यक्ष ओम प्हच्यु तमु, दुधपोखरी तमु समाजका अध्यक्ष एवम् तमु धिँ नेपालका कोषाध्यक्ष श्रीप्रसाद पैगी लम तमु, जापानबाट तमुहरुको वारे विद्यावारिधि गर्न आउनुभएका ननाको यासिमितोलाई पनि क्रेखी, क्रमु र फुलमालाले सम्मान गरेको छ ।
यसैवीच तमु प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमुले ऐतिहासिक गाउँ ताङतिङमा क्होँइपो निर्माण हुन लागेको वताउदै प्ये ल्हु संघ समन्वयमा अव तत्काल निर्माण कार्यमा लाग्ने वताउनुभयो । उहाँले अव छिट्टै प्ये ल्हु संघको टोलि ताङतिङमा गई प्रक्रिया थालिने वताउनुभयो ।
कार्यक्रममा वोल्दै जग्गादाता तिल माया प्ल्हेँ तमुले आफुहरुले बाबा आमाको नाममा क्होँइपो निर्माणको लागि जग्गादान गरेको वताउदै अव छिट्टै क्होँइपो निर्माण कार्य अगाडि बढाउन अनुरोध गर्नुभयो ।
तमु प्ये ल्हु संघ युएईका कोषाध्यक्ष ओम प्हच्यु तमुले क्होँइपो निर्माणमा आर्थिक सहयोगको लागि युएईमा रहनुभएका दाजुभाईहरुसंग कुराकानी गरीरहेको वताउदै युएईबाट आर्थिक संकलन कार्य सुरुवात गर्ने वताउनुभयो ।
दुधपोखरी तमु समाजका अध्यक्ष एवम् तमु धिँ नेपालका कोषाध्यक्ष श्रीप्रसाद तमुले पनि आफ्नै गाउँमा यस्तो क्होँइपो जस्तो पवित्रा कार्य भइरहेको भन्दै दुधपोखरी तमु समाज र तमु धिँबाट पनि सक्दो सहयोग गर्ने वताउनुभयो ।
ताङतिङको गाउँमाथि क्यादुक्रफी ठाउँमा बन्न लागेको क्होँइवोबाट अन्नपूर्ण हिमश्रृखला देख्नुको साथै वरीपरीका सिक्लेस, पार्चे, खिलाङ, चिप्ली र तप्राङ लगायतका गाउँहरु सजिलै देख्न सकिन्छ । साथै उक्त ठाउँबाट उक्त क्होँइवो निर्माणस्थललाई सजिलै देख्न सकिन्छ ।


Posted by Unknown on 7:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताङतिङ क्होँइपो जग्गादाताहरुलाई प्ये ल्हुसंघद्धारा सम्मान, क्होँइपो छिट्टै निर्माण गर्ने"

Leave a reply