|

विरामी जाँच्न छाडेर कुखुरा पालनमा, ठुटे भालेको मुल्य डेड लाख |

पोखरा, २० असार
व्यक्तिको रुचि चाहानलाई कसैले रोक्न छेक्न सक्दैन । मासिनको इच्छा र चाहाना भए चारै तिरका बाटा उसका लागी खुल्ला हुन सक्छन् । त्यस्तै कास्की लेखनाथका डाक्टर राजेन्द्र अधिकारीले विगत लामो समय स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा काम गरे पनि पछिल्लो १२ बर्ष देखि व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका छन् ।

अधिकारीले लेखनाथको डाँडाकोनाक शान्तिटोल ७ मा लेखनाथ पोल्ट्री ब्रिडिङ फार्म तथा तनहुँ दुलेगौडामा कुखुरा पालन गर्दै आएका छन् । हाँस र टर्की सहित कुखुराका २३ जातका गरि २५ जातका पंक्षी पालन तथा चल्ला उत्पान गर्दै आएका अधिकारीले व्यावसायिक बन्न चाहाने कृषकहरुलाई समेत यसको प्राविधिक ज्ञान सहित शहुलियतमा चल्ला वितरण गर्दै आएका छन् ।



विरामी जाँच्न छाडेर कुखुरा पालनमा,  ठुटे भालेको मुल्य डेड लाख


४७ बर्षीय अधिकारी विगत १२ बर्ष देखि कुखुरा पालन गरे पनि पछिल्लो ६ बर्षदेखि चल्ला उत्पादनलाई व्यवसाय बनाउदै आएका छन् । करीब ३ करोड लागतमा हाल संचालन भएको उनिले करिब १५ हजार कुखुरा पाल्दै आएका थिए ।


अधिकारीले कुखुराका स्थानीय तथा जंगली कुखुराको क्रस गर्दै नयाँ प्रजातीको उत्पादन गर्दै आएका छन् । रोग लागेर उपचार गर्नू भन्दा रोग लाग्नै नदिनु उत्तम हुने भनाईलाई सार्थक दिन आफुले पोसिलो कुखुरा उत्पादन गर्न लागेको अधिकारीले बताए ।

अधिकाशं जातका जिउदो कुखुरा प्रतिकेजी ३ सय ५० देखि ७ सय सम्म पर्दछ भने लुईचे ९वन कुखुराको मुल्य प्रति गोटा २ हजार देखि ५ हजारसम्म पर्दछ । विश्व स्वास्थ्य संगठन, वल्र्ड बैंक, जाईका लगायतका विभिन्न गैरसरकारी संस्थाका विभिन्न प्रोजेक्टमा काम गरेका अधिकारीले करीब १० बर्षजसो स्वास्थ्य क्षेत्रमा काम गरे पनि हाल कुखुरा पालनमा रमाउदै आएका छन । उनले मासिक करीब एक लाख आम्दानी गर्ने गरेका छन । नयाँ पुस्तालाई जागर दिन, विदेशीने युवालाई स्वदेशमै केहि गर्न प्रेरणा जगाउन पनि आफु स्वास्थ्य कर्मी, राम्रो पोजेक्टमा कामको अवसर पाएदा पाउदै कुखुरा पालन व्यावसाय रोजेको अधिकारीले बताए ।

जर्मन, वेलायत तथा क्यानडाबाट समेत प्रोजेक्टमा काम गर्न आफुलाई अफर आए पनि आफ्नै घर परिवार तथा छरछिमेकरमा रमेर काम गर्न पाउदा सन्तुष्टी मिलेको अधिकारीले बताए । विपन्न बर्गका व्यक्तिलाई जीविको पार्जनको लागी कुखुरा पालन राम्रो व्यावसाय भएको उनको सुझाव छ ।

अधिकारीको फार्ममा बनराजा, बनकुखुरा क्रश, जंगली लुइचे क्रश ,गिरिराज क्रश , गिरीराज ह्याबी ,हरियाणाको बनराजा र नेपाली बनकुखुरा क्रश ,मयुर कुखुरा ,घाटी खुइले लगायतका कुखुराका जात रहेका छन् । आफुहरुले प्रयाप्त मात्रमा रेखरेख गरेका कारण रोगप्रतिरोधात्मक चल्लाहरु उत्पादन गरीरहेको अधिकारीले दाबी गरे । कृषकहरुलाई कुखुरा सम्बन्धि सल्लाह सुझाब मोवाईलबाटै पनि दिने गरेको उनले बताए । उनले सस्तो मुल्यमा विभिन्न प्रजातिका कुखुराहरु उत्पादन गरी विपन्न बर्गका व्यक्तिहरुलाई थोरै लगानीमा व्यावसायिक बनाउन सकिने बताए । उनले हाल १२ जनालाइ प्रत्यक्ष रोजगार दिएका छन् ।

भारतको पट्नामा २०४८ सालमा बीएससीसरहरको अध्ययन क्लीनीकल मेडिसिन डिप्लोमा कोर्ष गरेका थिए । हेल्थ असीस्टेनको रुपमा ५ बर्ष जोमसोम र पोखराको पश्चिमञ्चल क्षेत्रिय अस्पतालमा विरामीको स्वास्थ्य परिक्षण गरेको उनले बताए ।

उनको कामलाई श्रीमती मनकेसरी अधिकारी तण्डुकारले सघाउदै आएकी छन भने उनका दुई छोरी तथा एक छोराले बेला मैकामा साथ दिने गरेका छन् । उनकी छोरी रोजीना एमबीबीएस अध्ययनरत छन भने अर्की छोरी राजीना एचए अध्ययनरत छन । छोरा राजन भने ७ कक्षामा अध्ययनरत छन ।

विभिन्न जातका कुखुराको रेखरेख गर्ने कुखुराको भाले नै रहेको छ । १० बर्षको ठुटे भालले हांस र टर्की सहितका २५ जातका पंक्षिहरुको रेखदेख गर्ने र साना चल्लाहरुलाई खान सिकाउने काम ठटे भालेले गर्ने अधिकारीले बताए । उनले भने, “पहिला यो भाले डन थियो , पछि तालिम दिए सवै कुखुराको रेखदेख गर्न थालेको छ ।” बाहिरि क्षेत्रबाट कुनै कुखुरालाई आकमर्ण गर्न लागे तथा कुखुरा विरामी भएर लडेमा ठुटे भालेले जानकारी दिने गरेको अधिकारीले बताए । अधिकारीले साना चल्लालाई उस्कै भाषामा खान सिकाउने गरेको बताए । दुई वर्ष सम्म तालिम दिए पछि कुखुरालाई पनि त्यस्तो बताउन सकिएको उनले बताए ।


ठुटे भालेलाई किन्नको लागि डेनमार्कबाट डेड लाख सम्म दिन आए पनि आफुले नदिएको बताए । कुखुराको खोरमा असुरक्षीत महसुस भयो भने पनि भाले कराउन थाल्ने उनले बताए । आफ्नो फार्ममा आउने धेरै जसोले भालेको मुल्य सोध्ने गरेको बताए । सुरक्षा गार्डको रुपमा रहेको भालेको दैनिक खर्च एक सय रुपैया बराबरको आहारा खाने गरेको अधिकारीको बताए । उनले त्यस्तै भाले अन्य पनि उत्पादन गर्ने प्यासमा लागेको बताए

Posted by Unknown on 5:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विरामी जाँच्न छाडेर कुखुरा पालनमा, ठुटे भालेको मुल्य डेड लाख |"

Leave a reply