|

पाँच कुरा भुलेर पनि फेसबुकमा कहिल्यै पोस्ट नगर्नुस |



सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन् ।आजकाल युवा र उमेर पुगेका मानिसहरु पनि फेसबुक– ट्विटरको प्रयोग गरिरहेका देखिन्छन् । फेसबुक मानिसहरुको जीवनको एक अभिन्न मित्र बनिसकेको छ । साथीभाई, इष्टमित्रसँग सम्पर्कमा रहिरनका लागि यो एउटा राम्रो र सजिलो माध्ययम बनेको छ ।
फेसबुकमार्फत हामी आफ्ना जिन्दगीसँग जोडिएका धेरै कुराहरु आफ्ना साथीहरु, आफन्तसँग बाँड्ने गर्दछौँ । आफ्नो फेसबुकलाई आफ्ना साथीहरु बाहेक अरु कसले हेरेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यसकारण कुनै कुराहरु पोष्ट गर्नुपूर्व एकपटक राम्रोसँग सोच्नुपर्ने हुन्छ ।

फेसबुकमा कस्तो कुराहरु पोष्ट गर्नबाट बच्नुपर्छ भन्ने
कुरा यहाँ दिइएको छ ।

१ आफ्नो र परिवारको पूरै जन्मदिन

फेसबुकमा हामी आफ्नो जन्म मिति, परिवारको जानकारी निकै
सजिलो तरिकाले पोष्ट गर्ने गछौँ । हामीलाई
हाम्रो जन्मदिनमा फेसबुक वालमा आउने जन्मदिनको सन्देश
निकै राम्रो लाग्ने गर्दछ तर आफ्नो जन्म दिन यहाँ सेयर गरेर
तपाईं साइबर चोरहरुलाई आफ्नो निजि जानकारी दिइरहनु
भएको छ ।

२ सम्बन्धको स्थितिलाई गोप्य राख्नुहोस्

फेसबुकमा सम्बन्धको स्थितिलाई मानिसहरु निकै
सजिलो तरिकाले शेयर गर्ने गर्दछन् । तर यदि तपाईं
सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा फेसबुकमा शेयर गर्ने
कुरा होइन । यसबाट तपाईंमाथि याद गरिरहेका मानिसहरुले
तपाईं कहिले एक्लो हुनुहुन्छ र सम्बन्धमा हुनुहुन्छ भन्ने
कुरा सजिलै थाहा पाउँछन् ।
यो जानकारी तपाईंको लागि समस्याको जड हुनसक्छ ।

३ वर्तमान ठाउँ पोष्ट नगर्नुहोस्
कोहि मानिसहरुको बानी नै हुन्छ छिन–छिनमा आफ्नो फेसबुक
अपडेट गर्ने । कुन रेष्टुरेन्टमा खाना खाइरहेका छन् र
यसका साथै त्यहाँको पूरै लोकेसन ट्याग गर्ने गर्दछन् । तर
यस्तो गर्नु राम्रो होइन । यसबाट मानिसहरुलाई तपाईं
कहाँ हुनुहुन्छ भन्ने कुराको जानकारी हुन्छ र यदि तपाईंलाई
लुट्न प्रयास गरिरहेका मानिसहरु छन् भने उनीहरुलाई
यस्तो पोष्टले निकै सहयोग गर्ने गर्दछ ।

४ घरमा एक्लै भएको कुरा
तपाईं घरमा एक्लै भएको कुरालाई कहिले पनि पोष्ट
नगर्नुहोला । विशेषगरि अभिभावकहरुले यो कुराको ध्यान
दिनुपर्ने हुन्छ ता कि आफ्ना बच्चाहरुले यस्तो कुराहरु कहिले
पनि फेसबुकमा पोष्ट नगरुन् । यस्तो अवस्थामाल तपाईं
कोहि पनि अपरिचितलाई आफ्नो बारेमा जानकारी दिँदैहुनुहुन्छ
जसको फाइदा उनीहरुले तपाईंबाट उठाउन सक्छन् ।

५ तस्बिरमा नामसँगै ट्याग

थुप्रै मानिसहरु आफ्नो बच्चाहरुको धेरै फोटो उनीहरुलाई ट्याग
गरेर पोष्ट गर्ने गर्दछन् । कसैले त बच्चा जन्मनेबित्तिकै
बच्चाको फोटोसँगै हस्पिटलको ठेगाना पनि पोष्ट गर्ने गर्दछन्
। यदि तपाईं कुनै फोटो पोष्ट गरिरहनुभएको छ भने
त्यसमा कसैलाई पनि ट्याग नगरि पोष्ट गर्नुहोला । साइबरसँग
जोडिएका थुप्रै अपराधमा मानिसहरु पक्राउ परिरहेका छन् ।
यसबाट बच्न यसको प्रयोगमा प्रतिबन्धको साटो यसलाई
कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने भन्ने बारेमा सोच्नु
जरुरी छ । आफ्नो तर्फबाट सुरक्षाको तरिका अपनाएमा भविष्यमा आइपर्ने घटनालाई न्यूनिकरण गर्न सकिन्छ । साभार ः फेसबुकबाट

Posted by Unknown on 5:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पाँच कुरा भुलेर पनि फेसबुकमा कहिल्यै पोस्ट नगर्नुस |"

Leave a reply