|

पोखरा वृद्धाश्रममा गुरुङसेनी गर्लसको सहयोग |

रोशनी गुरुङ÷पोखरा, १४ भाद्र

पोखरा उपमहानगरपालिका वडा नं. १३ मा रहेको गुरुङसेनी गलर्सको समुहले आज पोखरा वृद्धाश्रममा फलफुल तथा खाद्यन्न सामगी सहयोग गरेको छ । गत भाद्र ७ गते पोखराको भमरकोटपार्टी प्यालेसमा आयोजित तिज विषेश कार्यक्रममा विभिन्न दाताहरुले गरेको सहयोग रकमबाट बचेको रकम आज उनीहरुले आश्रमा रहेका ४९ जना वृद्धाहरुका लागि २० हजार बराबरको चामल, तरकारी फलफुल तथा जुस वितरण गरेको छ भने ४९ जना नै वृद्धाहरुलाई जनही ५१ रुपैयका दरले २ हजार पाँच सय रुपैय नगद समेत वितरण गरेको छ ।
सहयोग सामग्री हस्तान्तरण गर्दे कार्यक्रम संयोजक एवं गुरुङ चलचित्रकी नायिका तिर्थ गुरुङले समाजमा आफुहरु जस्तै अरु युवा युवतीहरुले विभिन्न गरिव तथा असाहयहरुलाई सहयोग गरेको देखेर आफुहरु प्रभावित भएको भन्दै आफुहरुले कार्यक्रमबाट बचाएको रकम थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सहयोग गर्ने बहानामा आफुहरुले वृद्धावृद्धहरुको आर्शिवाद लिने अवसर पाएको भन्दै उहाँले पोखरा वृद्धाश्रमलाई धन्यवाद समेत दिनुभयो ।

सहयोग सामग्री ग्रहण गर्दे पोखरा वृद्धाश्रमका उपाध्यक्ष टिकाबहादुर भण्डारीले युवा अवस्थामा पनि वृद्धावृद्धहरुको चिन्ता गर्नु र सहयोग गर्ने भावना मनमा आउनु अत्यन्तै सकरात्मक पक्ष भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पोखरा वृद्धाश्रम दाताहरुकै सहयोगमा सञ्चालन भइरहेको भन्दै उहाँले आउने दिनमा पनि दाताहरुबाट यसरी नै सहयोग पाइरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सफल बनाउनका निम्ती युकेमा रहनुभएका नरकाजी गुरुङ, प्रमी गुरुङ, विवेक गुरुङ, हिमाल गुरुङ, मञ्जील मास्के तथा कोरियाबाट रोशन गुरुङ, एलन गुरुङ, बेलबहादुर गुरुङ, विवेक पौडेल, काठमाडौका अनिक थापा र काजी गुरुङ तथा सिङगापुरबाट स्मृति गरुङ र निरज गुरुङ एवं साउदी अबरबाट विक्रम गुरुङ, इन्फोम्याक्स कम्प्युटर महेन्द्रपुल पोखरा, अभिन गुरुङ हङकङ लगायत अन्य व्यक्ति तथा संघ संस्थाले आर्थिक सहयोग गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा गुरुङसेनी गर्लसमा आबद्ध कविता गुरुङ, धनमाया गुरुङ, भक्ति गुरुङ, सुष्मा गुरुङ, नमूना गुरुङ, युक्मी गुरुङ, माया गुरुङ, बबिता गुरुङ र पुनम गुरुङको सहभागीता रहेको थियो । सहभागी युवतीहरुले आउने दिनमा पनि यसप्रकारको सहयोगको कार्यक्रमलाई निरन्तरता दिदै जाने सामुहिक रुपमा प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रम समापनसँगै युवतीहरुले आश्रमका वृद्धावृद्धहरुसँग सामुहिक नाचगान समेत गरेका थिए ।

Posted by Unknown on 5:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरा वृद्धाश्रममा गुरुङसेनी गर्लसको सहयोग |"

Leave a reply