|

पोखराको कार्कीडाडामा युवतीको सामुहिक बलात्कार |

गोकुल बानियाँ पोखरा १४ भदौ । पोखराको कार्की डाडामा एक युवती सामुहिक बलात्कारमा परेको घटना बाहिर आएको छ । बुधवार साझ पोखरा–१२ कार्कीडाडामा २० बर्षिय युवतिलाई ८ जना युवाहरुले सामुहिक बलात्कार गरेको रहस्य खुलेको हो ।    लम्जुङ घर भई पोखरामा बस्दै आएकी गुरुङ थरकी ति युवतीको बयानको आधारमा बलात्कारमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरी निरिक्षक केशब बस्नेतले बलात्कारमा संलग्न गुरुङ थरका दुई युवा सहित ३ ओटा मोटरसाईकल नियन्त्रणमा लिईएको जानकारी दिएका छन् । घटनामा संलग्न अन्य ६ जना फरार रहेका छन् । उनिहरुको पहिचान भैसकेको र खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । बिहिवार पक्राउ परेका दुई जनालाई शुक्रवार म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रबक्ता केदार रजौरेले जानकारी दिए । घटनास्थलबाट प्रहरीले ३ थान कण्डम बरामद गरेको छ ।

बुधवार साझ दिदीको डिस्प्ले बिग्रिएको मोवाईबल बनाउन कोठाबाट निस्केकी उनलाई माटेपानी स्थित हिमाली समाजघर नजिकै बसिरहेका युवाहरुको समुहले डर, क्रास देखाई मोटरसाईकलमा राखेर कार्की डाडा पु¥याएका थिए । उनिहरुले पालैपालो बलात्कार गरेको पिडित युवतिले प्रहरी समक्ष बताएकी छिन् । कक्षा १२ मा पढ्दै गरेकी ती युवतीको स्वास्थ्य परिक्षण गरिएको र अबस्थामा सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

( घटनाको पूर्ण बिबरण सहित )

बुधवार साझ साढे ९ बजेतिर वडा प्रहरी कार्यालय रामबजारको एउटा प्रहरी भ्यान पोखराको अमरसिंह चोकमा तैनाथ थियो । प्रहरी निरिक्षक केशब बस्नेतको कमाण्डमा रहेको टोली सामु एक युवती आईन् र बहिनि हराएको जानकारी गराईन् ।
आफ्नो डिस्प्ले बिग्रिएको मोवाईल बनाउन साझ कोठाबाट निस्किएकी बहिनी अबेरसम्म नफर्किएपछि फोन संपर्क गरेको र एक पटक भन्दा बढी सम्पर्क नभएको उनले सुनाईन् । पछिल्लो पटक दिदीको संपर्कमा आएकी उनले दिदीलाई कार्की डाडा आसपास रहेको बताएकी थिईन् ।   प्रहरी निरिक्षक बस्नेतले उनकी दिदीसंग मोवाई नम्बर मागे र आफैले फोन गरे । तर सम्पर्क हुन सकेन । त्यसपछि दिदीको जानकारीलाई आधार मानी रामबजार प्रहरीको भ्यान कार्की डाडातिर लाग्यो । आसपास खोजीगर्दा पनि नभेटिएपछि बस्नेतले पुन उनको नम्बरमा फोन गरे तर कमल पोखरी डाडामा रहेको जबाफ आयो । कार्कीडाडाबाट कमलपोखरी पुगेको प्रहरीले त्यहा पनि उनको पत्तो पाएन बरु पुन फोन गर्दा माटेपानी स्थित परिवार नियोजन कार्यालय नजिकै रहेको भनाई आयो । प्रहरीले झुक्काएको पो हो की भन्ने आशंका ग¥यो तैपनि ती युवतीले भनेको स्थानमा पुग्यो । यतिबेला भने ती युवती भनेकै स्थानमा भेटिईन् । प्रहरी संगै रहेकी उनकी दिदीले गुरुङ भाषामा उनिसंग कुराकानी गरिन् । प्रहरीले के भयो भनी सोधेपछि उनले सबै फेहेरिस्त बनाईन् । दिदीको मोवाईल बनाउन जाने क्रममा हिमाली समाज घर माटेपानी नजिकै मोटरसाईकलमा ८ जना युवाहरु बसिरहेका थिए ।

उनी नजिकै पुग्ना साथ ती युवाहरुले खुकुरी देखाए चिच्याए मारिदिन्छु भने । उनिहरुको डर, त्रासको बिचमा उनि पनि चुपचाप भईन् र तीनिहरुले उनलाई कार्की डाडाको जंगलमा पु¥याए । एकान्तमा लगेर युवतीलाई जबरजस्ती गरे । पालैपाले सबैले जबरजस्ती करणी गरे कसैले कण्डम प्रयोग गरे र कसैले त्यतिकै । साढे ९ बजेदेखि खोजीमा निस्किएको प्रहरी टोलीले उनलाई भेट्दा रातिको साढे एक बजिसकेको थियो । युवतिको बयानको आधारमा प्रहरी पुन कार्की डाडामा पुग्यो । युवतिले भने अनुसार घटनास्थलमा पुग्दा यताउता मडारिएको झार र तीन थान प्रयोग गरेको कण्डम भेट्टायो ।
प्रहरीले तत्काल उक्त कण्डम र युवतिलाई स्वास्थ्य जाचको लागि पु¥यायो । त्यसरात रामबजार प्रहरी चौकीमै युवतिलाई राखी भोलिपल्ट ट्याक्सी र मोटरसाईकल सहित युवतिलाई पनि संगै लिएर निस्किएको प्रहरीले माटेपानी आसपासबाट बहुदल उपनामका एक युवकलाई पक्रियो । ती युवकको बयानको आधारमा अर्का गुरुङ थरका युवा पनि समातिए । उनिहरुको बयान र युवतिको बयान मेल खाएपछि ती दुई युवाकौ बयानको आधारमा अन्य ६ जनाको पहि पहिचान खुलेको छ ।
प्रहरीले घटनामा संलग्न अन्य ६ जनाको नाम, ठेगाना र फोन नम्बर पत्ता लागाएको छ । ती युवा अहिले फरार रहेकाले खोजीको लागि प्रहरी टोलि परिचालन गरिएको छ ।  साभार :BIG FM MHz  pokhara

Posted by Unknown on 1:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखराको कार्कीडाडामा युवतीको सामुहिक बलात्कार |"

Leave a reply