|

रहेनन वरिष्ट चलचित्रकर्मी लोकबहादुर गुरुङ |



रोशनी गुरुङ÷पोखरा १९ भाद्र

वरिष्ट संस्कृति कर्मी एवं चलचित्र निर्देशक लोकबहादुर गुरुङको आज राति दुःखद निधन भएको छ । विगत ३ महिनादेखि उहाँ विरामी भई पोखराको मणिपाल र फिस्टेल हस्पिटलमा उपचार गराइरहनु भएको थियो । वि.सं. २००४ सालमा कास्कीको मौजा गाउँमा जन्मनुभएका गुरुङले पोखराको भद्रकाली उच्च मा.वि. र अमरसिंह उच्च मा.वि.मा १४÷१४ वर्ष प्रधानध्यापक भई शिक्षण पेशामा संलग्न रहनुभयो । २०५८ सालमा शिक्षण पेशाबाट अवकाश लिनुभएपछि त्यसयता उहाँ गुरुङ चलचित्र र गीत संगीतको क्षेत्रमा पुर्णरुपमा संलग्न रहदै आउनुभएको थियो । शिक्षण पेशामै संलग्न रहद उहाँले २०५२ मा निमार्ण भएको गुरुङ चलचित्र न्हाम्स्यो न्होरी (कुहिरो भित्र)मा काम गरिसक्नु भएको थियो ।
त्यहीबाट शुरु भएको उहाँको चलचित्र यात्रा जिवनको अन्तसम्म जारी रह्यो । गुरुङ फिल्म एसोशियशन नेपाल जिफानका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)सँगको सहकार्यमा उहाँले ङयोए नाँस टहो (हाम्रो गाउँघर), चों (भाउजु बुहारी ), हेर्बे ट (लेकाली फुल), क्रमु (पछयौरी), प्है्रस्यो (दुलही) र धिं (घर) गरि ६ वटा विशुद्ध गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्रहरु निमार्ण गरिसक्नु भएको छ भने सोही फिल्म कम्पनी अभियान फिल्मस प्रोडक्शनको सातौ प्रस्तुति युम्पो देउराली (ढुङ्गे देउराली) निमार्णको क्रममा रहेको छ । उहाँको आजै पोखरा रामघाट स्थित बौद्ध अर्घो सदनमा अन्त्यष्टी गर्ने कार्यक्रम रहेको छ । उहाँको निधमा आजै गुरुङ फिल्म एसोशियशन नेपाल (जिफान) र तमू संसार त्रैमासिक परिवारले शोक विज्ञप्ती प्रकाशीत गरी दुःख व्यक्त गरेको छ ।

Posted by Unknown on 9:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रहेनन वरिष्ट चलचित्रकर्मी लोकबहादुर गुरुङ |"

Leave a reply