|

लमजुङकी ऋतु तमुस्यो बनिन मिस गुरुङ इन्टरनेशनल २०१४ ,

काठमाडौँ, भदौ १६,

मिस गुरुङ इन्टरनेशनल २०१४को उपाधि लमजुङकी १९ बर्षिय ऋतु गुरुङले जितेकी छिन| गत मंगलबार राजधानीमा भएको मिस गुरुङ इन्टरनेशनलमा मिस गुरुङको उपाधि संगै उनले ३५ हजार नगद सहित एरहोष्टेज ट्रेनिङको स्कलरसिप, म्युजिक भिडियोमा अभिनय गर्ने अवशर सहित विभिन्न उपहार जितेकी छिन्|

यस्तै जस्मिन गुरुङले फस्ट रनरअप तथा रसिला गुरुङले सेकेण्ड रनरअपको उपाधि चुमेकी छिन्| फष्टरनर अफ जस्मिन र सेकेन्ड रनरअफ रिसिलाले क्रमश १५–१० हजारनगद सहित बिभिन्न उपाहर प्राप्त गरेकी छिन्|



मृगतिष्णा फेसन हाउसको आयोजना रहेको प्रतियोगितामा ममता गुरुङ मिस फोटो जेनिक, सुसिला गुरुङ मिस स्माइल, ओनिका गुरुङ मिस फ्रेण्ड र अनिता गुरुङ मिस पर्सनालिटी,अनामिका गुरुङ मिस भाषा, सुष्मिता गुरुङ मिस बेष्ट ट्यालेन्ट, सानु गुरुङ बेष्ट ड्रसको उपाधि बिजेता बने |

Posted by Unknown on 12:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " लमजुङकी ऋतु तमुस्यो बनिन मिस गुरुङ इन्टरनेशनल २०१४ ,"

Leave a reply