|

कास्की १. क्षेत्र बाट ने.बि.संघ मा ताङतिङ गाउँका भोज ल्हेगेपच्यु तमु निर्बाचित |


गणेश बहादुर गुरुङ
२२ भाद्र पोखरा

नेपाली काँग्रेस को भात्री सस्था नेपाल बिधार्थी संघ को ११औ महाधिबेसन चरम उत्कर्षमा पुगी रहदा केहि जिल्ला बाहेक सबै ठाउमा नया अनुहार आयका छन् |  धेरै पटक सर्दै र रोकिदै अगाडी बढेको अधिबेसन ले यस पाली कुन मोड लिन्छ अजै हेर्न बाकी छ |  सुन्दर नेपाल को कल्पना मा लागेका युवा पुस्ता ले यसलाई सहज रुप मा लिन सकेनन भने नया नेपाल को आशा राख्ने हरु निराशा बन्दै गयको छ |लामो आन्दोलन र इतिहास बोकेको संगठन पार्टी भित्र केन्द्र देखि जिल्ला सम्म को गुट र उपगुट ले गर्दा अहिले को कुन खेमा र समूह को भन्ने मै अड्केको छ |

यसै गरि केहि जिल्ला,क्याम्पस,छेत्र मा भय का निर्बाचन ले ने.बि.संघ.मा आशा पलाय को छ |साथै विभिन्न बिधार्थी नेता हरु ले आ-आफ्नो उमेदवारी घोषणा पनि दिने क्रम बढेको छ |कास्की जिल्ला मा पुरानो विवाद र केहि आसे पासे बीच संगठन लाइ कब्जा मा लिने होड चलि रहदा ने.बि.संघ. छेत्र न १ मा भयको अधिबेसन ले उत्तरी गाउ नामर्जुंग ताङ्गतिंग का भोज गुरुङ लाइ आगामी नेत्रित्यो सम्हाल्ने अवसर दियको छ |


जिल्ला भरि देखिय को विवाद लाइ १ न को निर्बाचन ले पाठ सिकाई रहदा कास्की का अरु क्षेत्र का पार्टी का नेता र बिधार्थी नेता ले एकपटक सोच्नै पर्ने बेला आयको छ | सबैले हाम्रो मान्छे खोज्दा अरु क्षेत्र मा निर्बाचन अजै सम्पन भयर नया नेत्रित्यो आउन सकेको छैन यस ले जिल्ला अधिबेसन मा कुन गुट आगाडी हुने भने होड छोडेर १ न मा जस्तै राम्रो र बिधार्थी का बीच बाट सहज नेत्रित्यो स्वीकार गर्दा राम्रो हुने संकेत देखाय को छ|डच नेपाल डटकम का प्रतिनिधि गणेश बहादुर गुरुङ संग कुरा गर्दै नब निर्बाचित सभापति गुरुङ ले जिल्ला भरि एकता र नया शिक्ष्क्षा सहित रोजगार र बेबसयिक शिक्षा नीति को बारेमा बहस लियर अगाडी बढ्ने बताय आफु कुनै गुट र उपगुट मा समेत नलागी पार्टी को विचार र समाजबाद लाइ बेबारिक रुपमा लागु गर्ने लागि पर्ने बताय |सबै मिलायर नमुना क्षेत्र पनि बनाइ छोड्ने गुरुङ ले प्रतिबद्द रहेको डच नेपाल डटकम बताय | साभार :डच नेपाल ,


Posted by Unknown on 3:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " कास्की १. क्षेत्र बाट ने.बि.संघ मा ताङतिङ गाउँका भोज ल्हेगेपच्यु तमु निर्बाचित |"

Leave a reply