|

पोखरामा हत्या गरि फरार रहेको सुरज परियार कास्कीको सिक्लेस गाउँमा प्रहरी द्दुरा पक्राउ |




सागर राज तिमिल्सिना

पोखरा, २२ भाद्र/करिब एक हप्ता अगाडी पोखरा रंगशालामा भएको हत्यामा संलग्न अभियुक्तलाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । एक हप्ता अगाडी ५० वर्षिय बुद्धिबहादुर विकको पोखरा रंगशालामा हत्या भएको थियो । बुद्धिबहादुर विकको हत्यामा संलग्नलाई शनिवार कास्की प्रहरीले सिक्लेसबाट पक्राउ गरि आइतबार सार्वजनीक गरेको हो ।




पक्राउ पर्नेमा पोखरा रामघाटमा बस्ने २४ वर्षिय सुरज परियार रहेका छन् । सार्वजनीक गर्दै कास्कीका प्रहरी प्रमुख बसन्त कुमार लामाले निकै नै सम्बेदन सिल घटनामा सफलता प्राप्त भएको बताए । पोखरा रंगशालाको दक्षिण पश्चिम गेटमा कास्कीको दाङसिङ्ग घर भएका ५० वर्षिय बुद्धिबहादुरको टाउकोमा ढुङ्गाले हानेर हत्या भएको अवस्थामा भेटिएको थियो । उनको कानमा रहेको सुनको मुन्द्रा र पैसाका कारण नै हत्या भएको प्रहरी अनुसन्धानले देखाएको लामाले बताए ।


अभियुक्त परियार कास्कीको सिक्लेसमा दाजुकोमा लुकेर बसेका थिए । हत्याको अनुसन्धान गर्न कास्कीका प्रहरी निरिक्षक गौतम मिश्रको नेतृत्वलाई जिम्मा दिएको थियो । हत्या भएका ठाउँमा कुनै प्रमाण नभेटिए पछि प्रहरीलाई अनुसन्धानमा कठिनाई भएको बताउदै लामाले प्रविधिले अपराधी सम्म पु¥याएको बताए । मृतककी श्रीमती र छोरा विदेशमा छन् 

Posted by Unknown on 12:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा हत्या गरि फरार रहेको सुरज परियार कास्कीको सिक्लेस गाउँमा प्रहरी द्दुरा पक्राउ |"

Leave a reply