|

तमुवान प्राप्तिका लागि कास्कीमा लडाकु फोर्स गठन


पोखरा, २२ भदौ/तमुवानको आन्दोलन सुस्ताइरहेको बेला कस्केली युवाहरुले तमुवान प्राप्तिका लागि बलिदानीपुर्ण आन्दोलन गर्ने लडाकु फोर्स गठन गरेको छ । पहिचान सहितको संघीयता, तमुवानसहितको संविधान निर्माणको आन्दोलनलाई शसक्त बनाउन कास्कीमा कृष्ण तामाङको अध्यक्षतामा १०१ सदस्यीय संघीय तमुवान युथ फोर्स कास्की गठन गरिएको छ ।

                   तमुवान प्राप्तिका लागि कास्कीमा लडाकु फोर्स गठन

तमुवान भुमिको राजधानी पोखरामा शनिवार संघीय समाजवादी पार्टीको भातृ संगठन संघीय युवा कास्कीको दोश्रो जिल्ला भेलाद्धारा गठित फोर्सको वरिष्ठ उपाध्यक्षमा युवराज थापा, राम गुरुङ, दिलिप गुरुङ, अमित थापा, मन्सु घले, दुर्गा तामाङ, जीवन खाती, सचिवमा बिनोद थापा, सहसचिवमा लिलाबहादुर गुरुङ, कोषाध्यक्षमा देव नेपाली र सहकोषाध्यक्षमा विजय पुन लगायत सदस्यहरु चयन भएकाछन् । गठित फोर्समा पुर्व बेलायती सेना, भारतीय सेना, नेपाली सेना, जनमुक्ति सेना, प्राध्यापक, शिक्षकहरु समेत रहेको बताइएको छ ।

यसरी नै भेलाले प्रेम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । तमुवान प्राप्तिको आन्दोलनको लडाकु शक्तिको रुपमा नवगठित फोर्सलाई संघीय समाजवादी कास्कीका अध्यक्ष दीपक तामाङबाट तमुवान प्रदेश स्थापना, पहिचानको सुनिश्चितता र समान अधिकार प्राप्तिका लागि आवाश्यक परे बलिदान समेत दिने सपथ ग्रहण गरेका थिए ।

Posted by Unknown on 12:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तमुवान प्राप्तिका लागि कास्कीमा लडाकु फोर्स गठन"

Leave a reply