|

पुर्व इन्डियन आइडल प्रशान्त तामाङ र अनुको ‘निशानी’ नेपाली कथानक चलचित्र ‘रिलिज" |

फ्राइडे रिलिज अन्तर्गत गत  शुक्रबार नेपाली कथानक चलचित्र ‘निशानी’ रिलिज भएको छ । फिल्म देशभरको ४० भन्दा बढी पर्दामा एकसाथ रिलिज भएको हो । रिलिजको पहिलो दिन शुक्रबार फिल्मले दर्शकको मिश्रित प्रतिक्रिय बटुलेको छ पुर्व इन्डियन आइडल प्रशान्त तामाङको सशक्त अभिनय रहेको फिल्मलाई विनोद सेरेङले निर्देशन गरेका हुन । फिल्मलाई प्रेम सुब्बा, सरोज भण्डारी, ललिता सेरेङ, किशोर दुङमाली ले संयुक्त निर्माण गरेका हुन । फिल्ममा प्रशान्तका अतिरिक्त प्रेम सुब्बा, अनु गुरुङ, सिरु विष्ट, जयनन्द लामा लगायतको अभिनय रहेको छ । इन्डियन लाहुरेमा भर्ती भएका नेपाली वीरहरुको कथा उतारिएको फिल्मको पटकथा स्वयम निर्देशक विनोद सेरेङले लेखेका हुन । फिल्मको रिलिज पुर्व अर्थात विहिबार नै राजधानीको क्युज सिनेमा र हेटौडाको ओम्याक्स सिनेमा मा प्रिमियर गरिएको थियो

Posted by Unknown on 9:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पुर्व इन्डियन आइडल प्रशान्त तामाङ र अनुको ‘निशानी’ नेपाली कथानक चलचित्र ‘रिलिज" |"

Leave a reply