|

स्व.लोकबादुर गुरुङको १३औं पुण्यतिथिमा मलेशियाको क्वालालम्पुर श्रद्धाञ्जली कार्यक्रम |

स्व.लोकबादुर गुरुङको १३औं  पुण्यतिथिमा मलेशियाको क्वालालम्पुर श्रद्धाञ्जली कार्यक्रम सम्पन्न |

अमर क्रोम्छे गुरुङ ,क्वालालम्पुर

 गत  आइतबार  भदौ २९ गते  मलेशियाको क्वालालम्पुरमा वरिष्ट संस्कृतिकर्मी, चलचित्र निर्देशक÷निर्माता, गीतकार, गायक, संगीतकार, शिक्षाविद, हिमचुली एफ.एम.पोखराका संस्थापक स्टेशन म्यानेजर एवं तमू संसार त्रैमासिक पत्रिकाका जन्मदाता एवं प्रधान सम्पादक आरणीय गुरु  १३औं दिनको पुण्य तिथिमा  तमु समाज मलेशियाको आयोजनामा क्वालालम्पुर स्थित हिमालय रेस्टुरेन्टमा विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा भब्यताका साथ शोक सभा सम्पन्न गरियो, भु पु अध्यक्ष बल गुरुङको सभपतित्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमको सन्चालन समाजका सचिब केश गुरुङले गर्नुभएको थियो भने जनजाति महासंघ मलेशियाका अध्यक्ष सुन्दर आले मगर प्रमुख अथिति हुनुहुन्थ्यो, श्रद्धाञ्जली सभामा मन्तव्य दिदै बरिस्ठ साहित्यकार मनि राई गोठले ले एक होनहार ब्यक्ति वहाँको निधन एउटा तमु समुदायलाई मात्र नभई अन्य जनजातिलाई स्तम्भ बनाएको बताउनु भयो मन्तब्य राख्दै साहित्यकारले नेपाल एकीकरणकको बेलामा विशाल नेपाल को लडाइँमा गुरुङ समुदायको ७०/८० % योग्दान रहेको राज्यसत्तले भुल्न नहुने बताउदै २८ साल सम्म शिक्षक सेवा दिएर लोक सर ले तमु चल्चित्र मार्फत देखाउन खोजेको हाम्रो संस्कार संस्कृति भाषा भेष अनि हामी प्रति राज्यसत्ताले गर्दै आएको दमन इत्यादि चल्चित्र मार्फत हामिलाइ बुझाउन खोजिएको हो भन्ने कुराहरु पनि हामीले राम्ररी नियालेर बुझ्नु पर्ने बताउनु भयो, कार्यक्रममा बोल्नुहुँदै मगर संघ मलेशियाका रोसन अस्लामी मगरले यस्ता बहुप्रतिभसाली होन्हार ब्यक्तिलाई राष्ट्रिय सम्मान दिनुपर्ने र त्यसमा हामी सबैले पहल गर्नु पर्ने बताउनु भएको थियो प्रमुख अथिती सुन्दर अले ले पनि जनजाति भित्रको एक बरिस्ठ ब्यक्तिको निधनले हामी सबैलाई स्तम्भ बनाएको बताउनु भयो कार्यक्रममा शोक मन्तव्य राख्दै कास्की धावक तथा तमु प्ये ल्हु संघ पोखराका केन्द्रिय सदस्य ताङ्तिङ गाउँका युवा चोक बहादुर गुरुङले लोक सर सङ बिताएका तित मिठा अतीत हरु हमिलाइ सुनाउनु हुँदै वहाँ सङ को भेटघाट र कार्याहरु बाट अफुले धेरै कुरा सिक्ने मौका पाएको र सिकेको बताउनु भयो , कार्यक्रममा विभिन्न संघ संस्था बाट उपस्थित ब्याक्तित्वहरुले शोक सन्तति परिवार प्रती धैर्य धारण प्रकट गर्दै स्व लोक बहादुर गुरुङको तस्बिरमा फुल चढाइ श्रद्धाञ्जली कार्यक्रम समापन गरियो 

Posted by Unknown on 10:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्व.लोकबादुर गुरुङको १३औं पुण्यतिथिमा मलेशियाको क्वालालम्पुर श्रद्धाञ्जली कार्यक्रम |"

Leave a reply