|

गोली हानेर बैंकको रकम लुट्ने माओवादीका पूर्व कार्यकर्ता |

पोखरा, मंसिर १५ - पोखराको ब्यस्त न्यूरोडस्थित एक सहकारीबाट बैंकमा लैजादै गरेको लाखौ रुपैयाँ गोली हानी लुट्ने मुख्य योजनाकार पक्राउ परेका छन  । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी रौतहटका पूर्व जिल्ला अध्यक्ष ३३ बर्षिय शुशिलकुमार दुलाल छन ।

मेगा बचत तथा ऋण सहकारीबाट सभागृहचोकस्थित यति बिकास बैंकमा लैजाने क्रममा गत बैशाख १५ मा बैंक कर्मचारी भगवान बराललाई गोली हानी ३१ लाख ४२ हजार रुपैयाँ लुट्ने योजनाका मुख्य योजनाकार दुलाल रहेको प्रहरीले जनाएको छ । दुलाल यही मंसिर ३ गते रौतहटको चन्द्रनिगाहापुरस्थित एसविआई बैंक लुटपाटमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । दुलालसहित ५ जनाको लुटेरा समुहले बैंकका कर्मचारी भगवान बराललाई टाउकोमा गोली हानेर उक्त रकम लुटेका थिए । दुलाल द्वन्द्वकालमा भुमिगत भई माओवादीको मेडिकल टिममा समेत संलग्न थिए ।

घटनामा संलग्न अन्य अभियुक्तमा रोल्पा घोडागाउँका बिकल्प भन्न बिजय केसी, रुकुमका  बसन्त गिरी, सिन्धुली पिपलमाणीका नारायण राई र सल्यानका उज्वल रोकाय क्षेत्री छन् । चारैजना माओवादीका पूर्व लडाकु हुन । राई रौतहट प्रहरीको हिरासतमा छन । अभियुक्तलाई डाँकाचोरी, ज्यानमार्ने उद्योग, हातहतियार, खरखजाना र संगठित अपराधमा मुद्धा दायर गरिने कास्की प्रहरी प्रमुख एसपी बसन्त लामाले आज पत्रकार सम्मेलनमा जनाए ।

  इकान्तिपुर डट कममा प्रकाशित 

Posted by Unknown on 3:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गोली हानेर बैंकको रकम लुट्ने माओवादीका पूर्व कार्यकर्ता |"

Leave a reply