मिस तमूस्योको ताज लमजुङ पसगाउँकी सन्ध्या तमूस्योलाइ |
रोशनी तमू÷ पोखरा १४, मंसीर
नेपाल तमू विद्यार्थी छोंज धिं कास्कीको आयोजनामा पोखरामा सम्पन्न चौथो मिस तमूस्यो नेपालको ताज लमजुङ, पसगाउँकी सन्ध्या तमूस्योले पहिरन सफल हुनु भएको छ । मिस तमूस्योसँगै सन्ध्याले भ्युवर च्वाईसको उपाधी पनि जित्न सफल हुनभयो । योसँगै सन्ध्याले ५० हजार नगद, एक हप्ताको हङकङ भ्रमण १० तोला चाँदीको ताज र अन्य पुरस्कारहरु जित्नुभएको छ ।
“मिस तमूस्योको शान मौलिक संस्कृतिको पहिचान” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त सौन्दर्य प्रतियोगितामा देशभर भएको पहिलो छनौट चरण पार गरेको १८ जना तमूस्यो युवातीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा फष्ट रनरअपको उपाधी दोलाखाकी अनिता तमूस्योले जित्नु भएको छ उपाधीसँगै अनिताले ३५ हजार नगद, एउटा म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर, ८ तोलाको चाँदीको ताज, ट्रफी लगायत अन्य पुरस्कारहरु जित्नुभएको छ ।
यस्तै सेकेन्ड रनरअपको उपाधी कास्की सिक्लेस निवासी कला तमूस्योले जित्नुभएको छ भने कलाले मिस पपुलरको उपाधी पनि जित्नुभएको छ । उपाधीसँगै कला तमूस्योले २५ हजार नगद, ७ तोला चाँदीको ताज लगायत अन्य पुरस्कारहरु प्राप्त गर्नुभएको छ । प्रतियोगितामा वेष्ट पर्सनालिटीको उपाधी कास्की तान्चोक निवासी उषा तमूस्यो, वेष्ट वाल्कको उपाधी कास्की भाचोक निवासी रुपा तमूस्यो, वेष्ट कम्प्लेक्शनको उपाधी तनहुँ सतीस्वाँरा निवासी सपना तमूस्यो, मिस टयालेन्टको उपाधी लमजुङकी सुजन तमूस्यो, वेष्ट फोटो जेनिकको उपाधी कास्की तान्चोककी पूजा तमूस्यो, वेष्ट फिगरको उपाधी नवलपरासीकी पुनम तमूस्यो, वेष्ट स्माईलको उपाधी तनहुँकी शसी तमूस्यो, वेष्ट हेयरको उपाधी चितवनकी सुजीता तमूस्यो र जक्शन डटकम मिस पपुलरको उपाधी कास्की भाचोककी प्रविना तमूस्योले जित्न सफल हुनुहभएको छ ।
यस अघि प्रतियोगिताको तमू ह्युल छोंज धिंका केन्द्रिय अध्यक्ष रेशम तमूले छेलो हानेर उदघाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै वहाँले नेपालको नयाँ बन्ने संविधानमा आदिवासी जनजाति तमूहरु पनि यो देशमा छ भन्ने महशुस जब हुन्छ तब मात्र तमू समुदायले वास्तविक ताज पहिरीन सफल हुने बताउनुभयो । कार्यक्रमको निणार्यकहरुमा तमू सञ्चारकर्मी संघका केन्द्रिय कार्याबाहक अध्यक्ष मिना तमूस्यो, लिङकन इन्टरनेशनल कलेजका प्राचार्य पम्फा तमूस्यो, पहिलो मिस तमूस्यो नेपालका विजेता बुद्धीलक्ष्मी तमूस्यो, गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष बेदबहादुर तमू (श्याम) र इञ्जिनियर देउकाजी तमू रहनुभएको थियो । टे«नर नेपालका अध्यक्ष रविन तमूले सञ्चालन गर्नुभएको कार्यक्रम नेपाल तमू विद्यार्थी छोंज धिं कास्कीका अध्यक्ष भूपाल तमूको अध्यक्षतामा सम्पन्न भएको थियो | फोटो ;jukson.com