सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन ताङतिङ समाज UK बेलायतबाट आर्थिक सहयोग |
सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन ताङतिङ समाज UK बेलायतबाट आर्थिक सहयोग
सुक्रबार २०७२ आश्विन २९ गते
सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन ताङतिङ समाज बेलायतबाट आर्थिक सहयोग
सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन ताङतिङ समाज बेलायतबाट आर्थिक सहयोग
काठमाडौ । बेलायतमा रहेको ताङतिङ– उङबस मितेरी समाजले सिन्धुपाल्चोकको गोल्चेमा रहेको भुकम्प प्रभावित विद्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । सिन्धुपाल्चोकको गोल्चे ७ स्थित भिमसेन माविको विद्यालय भवनको लागि आज ३ लाख २६ हजार ८ सय २६ रुपयाँ नगद हस्तान्तरण गरेका हो । ताङतिङ मितेरी समाज युकेका अध्यक्ष लक्ष्य बहादुर गुरुङ, मेजर दिपक गुरुङ, मेजर बालसिंह गुरुङले विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विद्यालय निर्माण कमिटीका सचिब फुलकाजी स्याङबोलाई संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कास्की जिल्लाको नामार्जुंग गाउँ विकास समिति ताङतिङ गाउँका हाल बेलायत बसोबास गर्नु हुने ताङतिङ समाज युके र बेलायतको क्यामब्रिजमा रहेको उङबस गाउँबीच मित लागाएपछि सहयोग आदानप्रदान हुँदैआएको छ । गत बैशाख महिनाको विनासकारी भूकम्पले भत्काएको सिन्धुपाल्चोकको गोल्चेको विद्यालयमा तामाङ र दलित विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त विद्यालय भबन बिनासकारी भुकम्पले भत्काइदिए पछि विद्यार्थीहरुलाई अस्थायी टहरो बनाएर अध्यापन गराँउदै आइरहेको थियो
