तमु प्येल्हु संघमा आठौँ खुल्ला तमू सामुहिक नृत्य उपाधि भुजुङ युम्पो तमू समाजलाई
आठौँ खुल्ला तमू सामुहिक नृत्य प्रतियोगिताको उपाधि भुजुङ युम्पो तमू समाजलाई
देवीजंग तमू
पोखरा, १५ पौष
देवीजंग तमू
पोखरा, १५ पौष
प्र ल्होसारको अवसरमा पोखरामा आयोजित आठौँ खुल्ला तमू सामुहिक नृत्य प्रतियोगिताको उपाधि भुजुङ युम्पो तमू समाजले जितेको छ ।
तमू प्ये ल्हु संघ केन्दि«य युवा समितिको आयोजनामा वुधवार तमू प्ये ल्हु संघ फलिना क्होइवो परिसर पोखरामा आयोजित खुल्ला तमू सामुहिक नृत्य प्रतियोगितामा २३३ अंकसहित भुजुङ युम्पो तमु समाजले उपाधि जितेको हो । यसैगरी प्रतियोगितामा गत वर्ष उपाधि जित्न सफल डढुवा दुर्छा तमू समाज भने २२९ अंकसहित द्धितिय स्थानमा चित्त बुझाउनुप¥यो । ११ समुहको सहभागिता रहेको प्रतियोगितामा कास्की मोडनाइज बोडिङ स्कुल तृतिय र गण्डकी आवासिय उच्च मािवले सान्त्वना उपाधिसहित उत्कृष्ट भेषभुषाको उपाधि जित्न सफल भयो । कर्ण तमूको संयोजकत्व र धन वहादुर तमू र राज वहादुर तमू सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगिमा सहभागि समुहहरुका नृत्य निर्देशकहरुमध्येबाट सिङ्दी तमू समाजका नृत्य निर्देशक सविन तमूलाई घोषित गरेको थियो ।
प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भुजुङ युम्पो समाजलाई नगद रु २० हजार, प्रमाणपत्र, द्धितिया हुन सफल डढुवा दुर्छा तमू समाजलाई नगद रु १५ हजार, प्रमाणपत्र, तृतिय समुह कास्की मोडानाइट वोर्डिङ स्कुललाई नगद रु १० हजार, प्रमाणपत्र र सान्त्वना स्थान गर्न सफल गण्डकी आवासिय उच्च माविले सान्त्वना पुरस्कारको नगद ५ हजार र उत्कृष्ट भेषभुषाको उपाधिबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुने समुहको पुरस्कार र व्यानर सौजन्य छिट्टै प्रदर्शनको तयारीमा रहेको तमू भाषा र संस्कृतिमा आधारित चलचित्र पा युनिटले, द्धितिय पुरस्कार हङकङनिवासी पदमसिं लिम्बुले, तृतिय पुरस्कार पुराना गाउँ च्याङ्लुङ घर भई हाल लामाचौर निवासी हिमाल ङोप्छै तमू र उहाँका श्रीमती लक्ष्मी कोन्मै तमूले र सान्त्वना पुरस्कार खिलाङ घर भई हाल जापानमा अध्ययनरत चेतन ल्हेगे तमूले प्रायोजन गर्ने भएको छ । यसैगरी उत्कृष्ट भेषभुषाको लागि ताङतिङ घर भई हाल मलेशियामा कार्यरत चोक वहादुर ल्हेगे तमूले, उत्कृष्ट नृत्य निर्देशनको लागि ताङतिङ घर भई हाल मलेशियामा कार्यरत टेकेन्द« ल्हेगे तमूले प्रायोजन गर्नुभएको थियो ।
प्रतियोगितामा विजयी हुने समुहलाई प्रदान गरेको प्रमाणपत्र सौजन्य लुम्ले ९ लान्दु«क घर भई हाल सिंगापुर प्रहरीमा कार्यरत लक्ष्मण थिम्चे तमूले र निर्णायकहरुको लागि तयार पारिएको मायाको चिनो सामग्री युम्पो देउराली र पा चलचित्रका नायक साजन टु तमूले गर्नुभएको थियो ।
तमू प्ये ल्हु संघ केन्दि«य समितिका उपाध्यक्ष हितकाजी टु तमूको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा समितिका सल्लाहकार थमन प्हच्यु तमू, पुनम ल्हेगे तमू र अनिल टु तमूले संचालन गर्नुभएको थियो ।
आमा समुहको नृत्य प्रतियोगिताको उपाधि क्होलादिप समाजलाई
देवीजंग तमू
पोखरा, १५ पौष
देवीजंग तमू
पोखरा, १५ पौष
प्र ल्हो अर्थात वादर वर्गको ल्होसार मनाउने क्रममा तमू प्ये ल्हु संघमा आयोजित आमा समुहको नृत्य प्रतियोगिताको उपाधि क्होला दिप तमू समाजले जितेको छ ।
यस वर्षदेखि तमू प्ये ल्हु संघ जिल्ला कार्यसमितिले ल्होसारको अवसर पारि आयोजित अन्तर समाज आमा समुह नृत्य प्रतियोगितामा क्होला दिप तमू समाजले उपाधि जितेको हो । ६ समुहको सहभागिता रहेको प्रतियोगितामा क्षेत्रिय पौरे शाखा द्धितिय, क्होला ट्हो धि रामबजार तृतिय हुन सफल भएको छ ।
यसैगरि तमू प्ये ल्हु संघ स्याङ्जली तमू समाज लेखनाथ, स्याङ्जा मनकामना पेल्काचौर र ढोर फिरफिरे तमू समाजले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ भने क्होला ट्हो धिँ रामबजारले उत्कृष्ट भेषभुषाको उपाधि जित्न सफल भएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा रुपा ल्हेगे तमू, कर्ण क्रोम्छै तमू र थमन प्हच्यु तमू रहनुभएको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १५ हजार धम्पुस घर हाल युके लाहुरे सुनिल तमू र उहाँका श्रीमती खुस्मिता तमूले, द्धितिय पुरस्कार नगद रु ११ हजार तमू प्ये ल्हु संघका केन्दि«य अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमूले, तृतिय पुरस्कार नगद रु ७ हजार तमू प्ये ल्हु संघ केन्दि«य समितिका पुर्व अध्यक्ष गौप्रसाद तमुले, र सान्त्वना पुरस्कार जिल्ला अध्यक्ष डब्लुओटु भिम वहादुर च्हमु्र तमू, केन्दि«य समितिका महासचिव पम वहादुर क्रोम्छै तमू र जिल्ला सदस्य विष्णु तमूले नगद रु ५/५ हजार प्रायोजन गर्ने भएको थियो भने प्रतियोगितामा उत्कृष्ट भेषभुषालाई नगद रु ५ हजार केन्दि«य समितिका सल्लाहकार बल वहादुर टु तमूले प्रायोजन गरेको जिल्ला अध्यक्ष डब्लुओटु भिम वहादुर च्हमु्र तमूले वताउनुभयो
