|

नामार्जुङ ९ घ्याप्राङकी सविना ल्हेगे तमुको एसएलसीमा जिपिए ३.८०

नामार्जुङ ९ घ्याप्राङकी सविना ल्हेगे तमुको एसएलसीमा जिपिए ३.८०,
देवीजंग तमु
पोखरा, ११ असार
यस वर्षको एसएलसी परिक्षामा पोखरा युनाईटेड एकेडेमीबाट सविना ल्हेगे तमूले ३.८० जिपिए प्राप्त गर्नुभएको छ । कास्की नामार्जुङ ९ घ्याम्राङ घर भई हाल पोखरा १३ वस्नुहुने सविनाले एसएलसीमा ३.८० जिपिए ल्याउन सफल हुनु भएको हो ।
गाउँको विद्यालयमा केहि साक्षर हुने अवसर पाउनुभएका सविनाले पोखरा झरेदेखि पोखरा युनाईटेड एकेडेमीबाट नर्सरीमा भर्ना भई एसएलसी पनि सोहि विद्यालयबाट दिनुभएको हो । कास्कीबाट गुरुङ समूदायमा यस वर्ष एसएलसी दिने विद्यार्थीहरुमध्ये उत्कृष्ट जिपिए आफ्नो हुन सक्ने सविनाको दावी छ । सानो उमेरदेखि पढाईसंगै अन्य अत्तिरिक्त क्रियाकलापमा सक्षम सविना विद्यालयमा हुने ब्याटमिण्टन र बास्केटवल खेलका लागि पनि राम्रो खेलाडी हुनुहुन्छ ।
एसएलसी नतिजा आएलगत्तै आफुलाई धेरैले बधाई दिएको भन्दै थप जिम्मेवारी थपको महसुस गरेको समेत सविनाले वताउनुभयो । उच्च शिक्षाको लागि प्लस टुमा विज्ञान विषयमा अध्ययन गर्ने र भविष्यमा डाक्टर बन्ने लक्ष्य उहाँले वताउनुभयो । डाक्टर बनेको खण्डमा गरिव दुःखीहरुको सेवा गर्न पाउने, समाजमा आफुलाई एउटा रोल मोडलको रुपमा प्रस्तुत गर्ने र गुरुङ तथा मंगोलियन समुदायमा पढेलेखेका वर्गहरुको समुह कम भएकोले पनि आफु भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएको वताउनुभयो ।
विगत ८ वर्षदेखि पोखरा १३ काहुखोला र चिप्लेढुगास्थित मल्ल इम्पोरियम भित्र एसएस हिमाल इम्पोरियमको फेन्सी संचालन गर्दै आउनुभएका सविनाका बाबा राम वहादुर गुरुङ र आमा गौमाया गुरुङ पनि छोरिको नतिजाले सपना साकार भएको वताउनुहुन्छ । दुई छोरा र एक छोरीका आमा गौमाया गुरुङले भने “ छोरा छोरीहरुको पढाईको लागि गरेको दुःखलाई विर्सिने अवसर मिलेको छ, ”, उनले थप्दै भन्नुभयो “अव थप शिक्षाको लागि पनि छोरीले जुन विषय पढ्छु भनेपनि हामी पढाउन तयार छौँ ।

Posted by Unknown on 5:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नामार्जुङ ९ घ्याप्राङकी सविना ल्हेगे तमुको एसएलसीमा जिपिए ३.८०"

Leave a reply