|

दुधपोखरी तमू समाजबाट (ताङतिङ )तोँदी क्होइबो लाई आर्थिक सहयोग

दुधपोखरी तमू समाजबाट (ताङतिङ )तोँदी क्होइबो लाई आर्थिक सहयोग
देवीजंग÷एक्काजंग
पोखरा, ७ बैशाख



कास्कीको ताङतिङमा निर्माणाधिन तोँदी क्होइबोको लागि ताङतिङबाट पोखरा आई वसेका ताङतिङवासीले आर्थिक सहयोग गरेको छ । दुधपोखरी तमू समाजको त्रैमासिक वैठकको अवसरमा समाजकै पहलमा क्होइपो निर्माणको लागि उक्त सहयोग रकम निर्माण समितिलाई हस्तान्तरण गरेको हो ।


समाजसेवी मेजर बालासिं तमूको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा क्होइपो निर्माणको लागि अमेरिकानिवासी पर्शुराम ल्हेगे तमूले १ लाख १ हजार १ सय ११ रुपैया, ताङतिङ कोन्मै परिवार पोखराबाट ५० हजार, ताङतिङ क्रोम्छै, त्होर्जे, लेम परिवार पोखराबाट ५० हजार ५५, ताङतिङ प्ल्हेमे, लम परिवार पोखराबाट ५० हजार र ताङतिङ क्रम्मै थर पैगीलम परिवार पोखराबाट २५ हजार ५ रुपैया सहयोग प्राप्त भएको हो ।

यसैगरि अफगानिस्तानमा कार्यरत हेम वहादुर क्रोम्छै तमूले २५ हजार, सुवेदार विरध्वोज ल्हेगे तमूले १० हजार ५१ रुपैया, मोतिप्रसाद ल्हेगे तमूले १० हजार १५, जिफानका अध्यक्ष वेद वहादुर तमू श्यामले १० हजार, हवल्दार भिम वहादुर ल्हेगे तमूले १० हजार र डिलमाया तमूले १० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ ।

यस्तै भक्तराज ल्हेगे तमूले ५ हजर ५, केश वहादुर पैगीलम तमूले ५ हजार ५, दानश्री क्रोम्छै तमूले ५ हजार ५, केश वहादुर ल्हेगे तमू (गोरे ) ले ५ हजार ५, बहादुर ल्हेगे तमूले ५ हजार, तेज बहादुर टु तमू ( गर्बे ) ले ५ हजार,  तोलामाया तमूले २ हजार ५ सय ५ , सुवेदार जस बहादुर पैगीलम तमूले २ हजार  १ सय, हनेरि सुवेदार कुमानसि तमूले २ हजार १ सय, डिल वहादुर तमूले १ हजार ५०, आस वहादुर तमू १ हजार ५१, बाजे कर्के १ हजार ५ र खासमाया तमूले १ हजार ५ रुपैया सहयोग गर्नुभएको छ ।

यस्तै चित्रवहादुर तमूले ५ सय ५५, टिकाराम मल्लले ५ सय र नोरसि ल्हेगे तमूले ५०० रुपैया, शेर वहादुर तमू ५ सय, कुमानसि तमू ५ सय ५, श्रवणसिं तमूले ५ सय र मैताश्री तमूले ५ सय रुपैया क्होइपो निर्माणको लागि सहयोग गर्नुभएको छ । संकलित रकम दुधपोखरी तमू समाजका अध्यक्ष टोक वहादुर तमूले क्होइपो निर्माण समितिका अध्यक्ष ल्हौउरी चिवा यम वहादुर टु तमूलाई हस्तान्तरण गर्नुभएको  थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्वर १ का सभापति बिर्जमान तमू र नेपाली काँग्रेस नामार्जुङ इकाई सभापति गगनसिं तमूलाई समाजको तर्फबाट सम्मान गरेको थियो ।

समाजका अध्यक्ष टोक वहादुर तमूको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक भूपु प्रधानपंच देवीजंग तमू, उपाध्यक्ष सुवेदार जस वहादुर तमू, जिफानका अध्यक्ष वेद वहादर तम श्याम, निर्माण समितिका आर्थिक संकलन संयोजक एक्काजंग प्ल्हे तमू र गोपालजंग तमू लगायतले वोल्नुभएको थियो



Posted by Unknown on 9:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुधपोखरी तमू समाजबाट (ताङतिङ )तोँदी क्होइबो लाई आर्थिक सहयोग"

Leave a reply