|

तनहुँमा बस दुर्घटना,एकको मृत्यु ,दर्जन भन्दा बढी गम्भीर घाइते

तनहुँमा बस दुर्घटना,एकको मृत्यु ,दर्जन भन्दा बढी गम्भीर घाइते

दमौलीबाट भोर्लेटार तर्फ जाँदै गरेको ग १ ख २९८० नम्बरको बस आज दिउँसो पौने एक बजे व्यास ५ दुम्सीमा दुर्घटना भएको छ।  ग ६प ७५४८ नम्बरका मोटर साइकललाई जोगाउने क्रममा उक्त दुर्घटना हुन पुगेको थियो। दुर्घटनामा एक पुरुषको मृत्यु भएको ट्राफिक प्रमुख भेषराज रेग्मीले बताए। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा दुर्घटनामा  परी बसमा यात्रारत एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्। त्यस्तै मोटरसाइकलमा रहेका दुईजना समेत घाइते भएका छन्। गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि पोखरा लैजानेक्रम जारी रहेको छ भने अन्यको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ |

Posted by Unknown on 12:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तनहुँमा बस दुर्घटना,एकको मृत्यु ,दर्जन भन्दा बढी गम्भीर घाइते "

Leave a reply