|

दुबईमा तिहारलाई विमलराज क्षेत्रीले तताए

युएईस्थित कार्यरत नेपालीहरुले यसपालिको तिहारलाई गएको १ नोभेम्बर शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा चर्चित लोक गायक विमलराज क्षेत्री र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको विविध प्रस्तुतिमा रंगारंग सांस्कृतिक कार्यक्रमका साथ सांगीतिक माहौलमा मनाएका छन् ।

सो कार्यक्रम पर्वत सेवा समाज युएईले तिहारको अवसरमा आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका वरिष्ठ सल्लाहकार बालकृष्ण अधिकारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता पर्वत सेवा समाज युएईका अध्यक्ष मणिप्रसाद भुर्तेलले गर्नुु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा नेपालबाट आउनु भएको चर्चित लोक गायक विमलराज क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए ।श्रोत:बुटवल ओनलाइन

Posted by Butwalonline on 12:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा तिहारलाई विमलराज क्षेत्रीले तताए"

Leave a reply