|

भर्खर २१ वर्षमा प्रवेश गरेका परिश्रमी युवा देवीजंग बारे थोरै चर्चा


 कास्की जिल्ला पार्चे गावि.स वडा नम्वर ५ कोईथर स्थायी घर भई हाल पोखरामा क्रियाशिल भाई देवीजंग ल्हेगे तमू युवाहरुमध्ये एक मेहिनेती तमु युवामा पर्दछ । गाउँकै विद्यालयबाट एसएलसीमा प्रथम श्रेणी हासिल गरी उच्च शिक्षा पोखरास्थित भद«काली उच्चमाविबाट गरीसक्नुभएका देवीजंग उच्च शिक्षा अध्ययनकै क्रमबाट संचार क्षेत्रमा प्रबेश गर्नुभएको थियो । हाल कालिका बहुमुखी क्याम्पस काजिपोखीमा ब्याचलर तेश्रो वर्षको परीक्षाको तयारीमा रहनुभएका देवीजंग यसको अलवा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विगतदेखी रेडियो अन्नपुर्णमा तमू भाषाको समाचार वाचन गर्दै आउनुभएका उहाँले समाचार लेखन कार्य गर्नुको साथै तमूहरुको लुकेका संस्कार, संस्कृति तथा इतिहासका बारेमा कलम चलाउदै आइराख्नुभएको छ । आफै ल्हेगेँको कुलमा जन्मेका उहाँले विगत ३ वर्षदेखि पच्यु खेकीका बारेमा पनि अध्ययन गर्दै आइराख्नुभएको छ । दिनप्रति दिन युवाहरु विदेशिएको अवस्थामा आफ्नै स्वदेशमा बसेर केही न केही गर्नुपर्छ भन्ने सोच राखी पछिल्लो केही समयदेखि व्यवसायमा पनि संलग्न हुनुभएको छ । पोखरा महेन्द«पुलस्थित विशाल बजारमा कपडा व्यवसाय समेत गर्दै आउनुभएका उहाँले बाँकी समय सामाजिक कार्यमा खर्चिने गर्नुहुन्छ । तमू प्ये ल्हु संघ केन्दि« युवा समिती, तमू प्ये ल्हु संघ क्षेत्रिया पौरे शाखाका सहसचिव, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका सदस्य, उतरपूर्वी ल्हेगे तमू युवार परिवारका सचिव लगायत दर्जनौँ संघसंस्थाहरुमा उहाँको सक्रिय सहभागिता रहेको छ । अस्ति भर्खर मंसिर २९ गतेदेखि २१ वर्षमा प्रबेश गर्नुभएका देवीजंग ल्हेगे तमुलाई जन्मदिनको शुभकामना सहित अझ प्रगतिको बाटोमा लम्किदै जाओस भनी शुभकामना पनि दिन चहान्छौँ ।

Posted by Unknown on 12:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भर्खर २१ वर्षमा प्रवेश गरेका परिश्रमी युवा देवीजंग बारे थोरै चर्चा"

Leave a reply