|

सिक्लेसमा माघ १ गतेदखि माघे सक्रान्ती मेला हुने |

सिक्लेसमा माघ १ गतेदखि माघे सक्रान्ती मेला हुने
रोशनी गुरुङ ÷२७ पुस, पोखरा
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा यहि माघ १ गते देखि ४ गतेसम्म माघे सक्रान्ति मेला आयोजना हुने भएको छ । सिक्लेस युवा क्लवको आयोजनामा क्लवको १९औं वार्षिक उत्सवको अवसर पारी मेलाको आयोजना गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मलेनमा जानाकारी गराइएको छ । ४ दिनसम्म आयोजना हुने मेलामा पुरुष भलिबल, बास्केटबल र महिला भलिवल प्रतियोगिता सञ्चालन हुने छ ।
साथै परम्परादेखि चल्दै आएको छेलो प्रतियोगिता एवं स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती मेलाको मुख्य आर्कषकको रुपमा रहने सिक्लेस युवा क्लवका अध्यक्ष किर्तीमान गुरुङले जानाकारी दिनुभयो । खेलकुद प्रतियोगिता अन्तरगत पुरुष भलिवल र बास्केटबलमा प्रथम र द्धितिय हुने टिमलाई क्रमश नगद रु. २५ हजार र १८ हजार पुरस्कार प्रदान गरिने छ भने महिला भलिवलमा प्रथम हुने टिमलाई १० हजार र द्धितिय हुने टिमलाई ७ हजार रुपैय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 
मेला सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैय खर्च लाग्ने र सो मेला सम्पन्न गर्न देश विदेशबाट विभिन्न क्षेत्रमा आबद्ध सिक्लेसीहरुले सहयोग गरेको तथा क्लवको आफनै अन्तरिक स्रोतबाट मेला सम्पन्न गर्न आयोजकको भनाई रहेको छ । सिक्लेस गाउँमा परम्परागत रुपमा मानिदै र पुजिदै आएको स्थानिय तिर्थ स्थलहरु म्हउदु क्यु र फैमक्युको विषेश संरक्षण र विकास गर्ने, परम्परागत रुपमा चलिआएको ठेलो प्रतियोगितालाई अझ व्यापक बनाउन, सिक्लेसलाई पर्यटकीय गन्तव्य बनाउन तथा क्लवको बार्षिक उत्सवलाई निरन्तरता दिन मेला आयोजना गरिएको क्लवका सदस्य देवीजंग गुरुङले बताउनु भयो । 

यसैबीच सिक्लेसमा निर्माणधिन बहुउद्येश्यीय भवनको लागि सिक्लेस पार्चे कम्युनिटि यु.के.को सहयोग र सिक्लेस घरभई हाल यु.के.मा कार्यरत तमू धिं यु.के.का संस्थापक अध्यक्ष तथा युवा समाजसेवी मिनप्रसाद गुरुङ एवं हाल तमू धिं यु.के.का महासचिव समेत रहनु भएका सिक्लेस निवासी नन्दजंग गुरुङको विषेश पहलमा यु.के.मा रात्री भोजको आयोजना गरि संकलन गरिएको २३ लाख रुपैय पनि यसै मेलाको अवसरमा प्रदान गरिने भएको छ । साथै वर्षेनी रुपमा मेला सञ्चालन गर्न सहज होस भन्ने हेतुले सिक्लेस युवा क्लवको नाममा समाजसेवी द्धय मिनप्रसाद गुरुङले व्यक्तिगत रुपमा ३ लाख र नन्दजंग गुरुङले १ लाख ५० हजार गरि कूल ४ लाख ५० हजार रुपैयको अक्षय कोष समेत यसैबर्षबाट स्थापना गरिने आज आयोजित पत्रकार सम्मेलनमा तमू धिं यु.के.का महासचिव नन्दजंग गुरुङ जानाकारी दिनुभयो । सिक्लेस युवा क्लवका अध्यक्ष किर्तीमान गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको

Posted by Unknown on 8:03 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिक्लेसमा माघ १ गतेदखि माघे सक्रान्ती मेला हुने |"

Leave a reply