|

भारत सरकारले दुई गोर्खा सैनिकलाई कीर्ति र शौर्य चक्रले सम्मान गर्ने भएको छ।

भारत  सरकारले दुई गोर्खा सैनिकलाई कीर्ति र शौर्य चक्रले सम्मान गर्ने भएको छ।
आफ्नो ६५औं स्वतन्त्रता दिवस अवसरमा भारतले शनिबार दुई गोर्खा सैनिकलाई मरणोपरान्त सम्मान गर्ने घोषणा गरेको हो। कार्यक्षेत्रमा बहादुरीपूर्ण जिम्मेवारी निर्वाह गर्नेक्रममा ज्यान गुमाएका नायब सुबेदार भुपालसिंह मगरलाई कीर्ति  चक्र र उस्तै जिम्मेवारी बहन गर्दागर्दै मृत्युवरण गरेका रणबहादुर गुरुङलाई शौर्य चक्रले सम्मान गरिने भएको हो।


भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, गोर्खा राइफल्स ५–५ बटालियनका मगरले कूपवाडा भन्ने ठाउँमा नियन्त्रण रेखा नाघ्न खोज्ने आतंकवादीसँग लड्दा ज्यान गुमाएका थिए। रुपन्देही जिल्लाका मगरले उक्त भिडन्तमा दुई आतंकवादीलाई घटनास्थलमा गोली हानी मारेका थिए। कीर्ति चक्र भारतको दोस्रो सर्वोच्च वीरता पुरस्कार हो। मगरले आतंकवादीसँग गरेका लडाईंलाई 'असाधारण बहादुरी' भनिएको छ।
यस्तै, गोर्खा राइफल्स ५–५ बटालियनकै राइफलम्यान गुरुङलाई शौर्य चक्र दिइने भएको हो। गण्डकीका गुरुङले पनि आतंकवादीसँग उस्तै बहादुरीपूर्ण लडाईं गर्दा ज्यान गुमाएको जनाइएको छ। मगर र गुरुङका परिवारलाई एक समारोहबीच सम्मान गरिनेछ। भारतले, उत्तरपूर्वी राज्यहरुमा समस्याका रुपमा चर्किरहेको 'नक्सलवादी' गतिविधि नियन्त्रण गर्ने एसएसवीलाई धेरै पदक दिएको छ।

उत्सवका रुपमा २६ जनवरीमा मनाइने स्वतन्त्रता दिवस अवसरमा भारती गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार, यस र्ष मगरसहित तीनलाई कीर्ति र गुरुङसहित १० लाई कीर्ति चक्रले सम्मानित गरिने भएको हो। सात सय ७६ सुरक्षाकर्मीलाई वीरता पुरस्कार दिइने जनाइएको छ। नेपालीभाषीको बाहूल्य रहेका दार्जिलिङ, सिक्किम, असम, मेघालय, मणिपुर, मिजोरमक्षेत्रमा पनि स्वतन्त्रता दिवस मनाइँदैछ।

Posted by Unknown on 8:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारत सरकारले दुई गोर्खा सैनिकलाई कीर्ति र शौर्य चक्रले सम्मान गर्ने भएको छ। "

Leave a reply