|

संगीतकार, गायक धन वहादुर र नायिका शान्तिलाई युएईमा विदाई


देवीजंग तमु - पौष २२
तमुहरुको महान चाड त ल्होसारको अवसर पारी तमु प्ये ल्हु संघ युएई र तमु समाज युएईको संयुक्त आयोजनामा युएईमा आयोजित त ल्होसार विशेष कार्यक्रममा सहभागी हुन नेपालबाट आउनुभएका संगीतकार एवम् गायक धन वहादुर लम तमु र नायिका शान्ति प्हच्यु तमुलाई जनवरी ५ तारिखको दिन तमु प्ये ल्हु संघ युएईका उपाध्यक्ष मुक्ति टु तमुको निवासमा एक समारोहवीच विदाई गरेको छ । 

नेपालबाट आउनुभएका संगीतकार गायक धन वहादुर लम तमु र नायिका शान्ति प्हच्यु तमुलाई तमु समाज युएईका उपाध्यक्ष नारायण तमु, तमु प्ये ल्हु संघ युएईका महिला सल्लाहकार मीना तमुले सेतो टिका, क्रेगी र क्रमु ओढाएर विदाई गर्नुभएको तमु प्ये ल्हु संघ युएईका अध्यक्ष एक्काजंग प्ल्हेँ तमुले जानकारी दिनुभयो ।

विदाई कार्यक्रममा वोल्दै नेपालबाट आउनुभएका अतिथि कलाकार धन वहादुर तमुले युएईमा रहेर नि आफ्नो मौलिक संस्कार, संस्कृति र वोन धर्मप्रति उत्तिकै सचेत भएको भन्दै खुशी व्यक्त गरी नेपालमा गई आफुले पनि आफ्नो क्षेत्रबाट मौलिकता संरक्षणका लागी लागिरहने वताउनुभयो ।

त्यस्तै अतिथि कलाकार शान्ती तमुले पनि आफ्नो पहिलो विदेश भ्रमण युएई भएको वताउदै यस्तो अवसर जुटाउने तमु प्ये ल्हु संघ युएई तमु समाज युएई, पसगाउले समाज युएईलाई धन्यवाद दिनुभयो ।

तमु समाज युएईका उपाध्यक्ष नारायण तमुको प्रमुख उपस्थिति र तमु प्ये ल्हु संघ युएईका महिला सल्लाहकार मीना तमुको विशेष उपस्थितिमा भएको विदाई कार्यक्रममा प्ये ल्हु संघ युएई शाखा साँस्कृतिक विभाग प्रमुख एवम् प्ये ल्हु संघ केन्दि«य युवा समितिका भुपु कलकार महेश लम तमु ( प्रितम ), तमु समाज युएईका कोषाध्यक्ष मुनिन्द« तमु, सचिव इन्द« तमु, गंगा तमु कमल तमु र प्ये ल्हु संघ ओमन प्रतिनिधि वुद्धि टु तमु लगायतले वोल्नुभएको थियो ।

युएईमा आयोजित त ल्होसार विशेष कार्यक्रममा लमजुङबाट आउनुभएका धर्म गुरु उदम सिं क्ल्हेपृ तमुले धार्मिक प्रवचन दिनुभएको थियो ।

विदाई कार्यक्रम तमु प्ये ल्हु संघ युएईका उपाध्यक्ष मुक्ति टु तमुले संचालन गर्नुभएको थियो । 



Posted by Unknown on 6:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संगीतकार, गायक धन वहादुर र नायिका शान्तिलाई युएईमा विदाई"

Leave a reply