|

नेपथ्यको खुल्ला कन्सर्ट पोखरा मा |

सागर राज तिमिल्सिना
पोखरा, ३ फागुन/शुक्रबार देखि नै पोखरामा भरी परेको थियो । शनिबार खुल्ने आशा गरे पनि आकासमा वादल मडारीदै छिन छिनमा पानी परी चिसो मौसम हुदा पनि नेपथ्यको यात्रालाई कुनै प्रभाव परेन । मुख्य गायक अमृत गुरुङको जन्मेको ठाँउ भएकोले पनि पोखरेलीहरुले पानी पर्दा समेत पानीको कुनै प्रवाह नै नगरी कन्सर्ट स्थल पोखराको नयाँबजार स्थीत प्रदर्शनी केन्द्रमा गुरुङलाई साथ दिन पुगेका थिए । बर्षासंगै मौसममा बढेको चिसो पनलाई अमृतको गितले सहभागि दर्शकहरुलाई भरपुर्ण मनोरन्जल दिदै पोखरेलीलाई नचाए ।

हिमाल चुली त्यो पल्लो गाँउमा वोलको गितबाट सुरुवात गरेका अमृतले करीब डेड दर्जश गित गाउदै दर्शकहरुलाई नचाउदा माहोल नै तातेको थियो । घर हाम्रो पोखरा…, तालको माछा कोहि गन्न सक्दैन….भेडाको उन जस्तो लगायतका गित प्रस्तुतः गर्दा सहभागिहरु गित गायउदै गायक गुरुङलाई साथ दिन नाच्न व्यस्त रहेका थिए । उनले राष्ट्रियताले भरिएको गित रातो र चन्द्र सुर्य गितबाट कार्यक्रमको विट मारेका थिए ।

द्धन्द कालमा करीब ४० हजार वालवालीका शिक्षाबाट प्रभावित भएको बताउदै गायक गुरुङले यस्ता वालवालकाहरुको शिक्षा दिक्षामा सवैले सहयोग गर्नु पर्ने बताए । सेती नदी, ताल तथा अन्य ठाँउहरुमा जथाभावि फोहोर मैला नफाल्न आग्रह गर्दै शुन्दर नेपालको पहिचान जोगाउन सवै व्यक्तिहरु लाग्नु पर्ने बताए । कास्कीको भुम्दी ६ कालाभाङमा जन्मेका गुरुङले आफ्नो गाँउ ठाँउमा आफन्तहरु माझ आफ्नो गित खुल्ला आकास मुनि प्रस्तुत गर्न पाउदा निकै खुसि लागेको बताउदै पानीको कुनै प्रवाह नगरी कार्यक्रममा सहभागि भएकाहरु प्रति आफु ऋणि भएको बताए ।

उनको हिमाल हेर्दै गाउने इच्छा भने पुरा भएन । पोखरामा खुल्ला आकास मुनि हिमाल हेर्दै गित गाउने उनको धोकोलाई बादल बादक बन्यो । उनले स्टेजबाट छेक्यो छेक्यो देउराली डाडा होस्सो र कुहिरोले गाउँ बादलले छेकेको हिमाल तिर फर्कदै थिए ।


Posted by Unknown on 3:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपथ्यको खुल्ला कन्सर्ट पोखरा मा |"

Leave a reply