सम्झनामा : बाला सिंह गुरुङ (स्मृति संग्रह) बिमोचन |
सम्झनामा : बाला सिंह गुरुङ (स्मृति संग्रह) बिमोचन
मणि सर्बुज तमु पोखरा - स्वर्गीय बाला सिंह गुरुङ (ठुले) बरिष्ठ समाजसेवी, चलचित्रकर्मी, राजनीतिज्ञ, कास्की जिल्लाको नमर्जुंग गा.बि.स तङ्गतिंग गाउमा जन्मनु भइ ५२ बर्षको छोटो उमेरमा स्वर्गबास हुनु भएको थियो | उँहाको सम्झनामा बाला सिंह गुरुङ स्मृति संग्रहको भदौ २ गते सोमबार पोखरामा बिमोचन गरिएको छ |
रामघाट, पोखरा स्थित बौध्द अर्घौ सदनको म्युउली हलमा आयोजित कार्यक्रममा बरिष्ठ समाजसेवी, भू.पु. सभासद मेजर दीपक गुरुङ्गले पुस्तकको बिमोचन गर्नु भएको थियो |
स्मृति संग्रहको बिमोचन गर्नु हुँदै प्रमुख अतिथि मेजर गुरुङले पुस्तकले स्वर्गीय बाला सिंहको योगदानहरुलाई जीवन्त बनाउने छ भन्नु हुँदै पुस्तक प्रकाशनका लागि समलाग्न सम्पादन समूह एवं प्रकाशकलाई धन्यवाद दिनु भयो |
वेद बहादुर गुरुङ (स्याम )को सँयोजक, रोशनी गुरुङ प्रधान सम्पादक, प्रधानाध्यापक ओमप्रकाश गुरुङ, मेजर बाला सिंह गुरुङ, देवी जंग गुरुङ तथा सम्पादक समुह तथा स्वर्गीय बाला सिंह गुरुङका परिवार द्वारा प्रकाशन गरिएको पुस्तकको समाजिक कार्यकर्ता दुध काशी गुरुङले समिक्षा गर्नु भएको थियो | उक्त कार्यक्रम संचालन मेजर बालासिंह गुरुङ र प्रधान सम्पादक रोशनी गुरुङले गर्नु भएको थियो भने अध्यक्षता बेदबहादुर गुरुङ (स्याम)ले गर्नु भएको थियो |कार्यक्रममा प्रधान सम्पादक रोशनी गुरुङ, समिक्षक दुधकाशी गुरुङ र प्रकाशन आयोजक बेद बहदुर गुरुङ(स्याम)लाई कार्यक्रमका प्रमुख अतिथि मेजर दिपक गुरुङ र स्वर्गीय बलासिंह गुरुङका धर्मपत्नी बन्दना गुरुङ्गले सम्मान गर्नु भएको थियो |
यो ६६ पानाको स्मृति संग्रह मा रोशनी गुरुङ, दिदि बिर्काशी गुरुङ, दाई क्याप्टेन मन बहादुर गुरुङ, धर्मपत्नी बन्दना गुरुङ, बहिनि बिरमाया गुरुङ, शिक्षक् जसबहादुर गुरुङ, छोरा जुम प्रशाद गुरुङ, पूर्व प्रधान पंच देबिजंग गुरुङ, बेदबहादुर गुरुङ (स्याम)ओमप्रकाश गुरुङ, पूर्व माननीय नंद्जंग गुरुङ, डा. हुम गुरुङ, मेजर दिपक गुरुङ, हर्क गुरुङ, मेजर बलासिंह गुरुङ र गोपलजंग गुरुङ द्वारा लेखित स्मृतिहरु संग्रहित गरिएको छन् |
