|

कर्मचारी कुट्ने कास्की कांग्रेसका उपसभापति बास्तोला पक्राउ |


पोखरा, १४ असोज /नियमविपरीतको चेक काट्न अस्वीकार गरेका कर्मचारीलाई कुटेको आरोपमा नेपाली कांग्रेस कास्कीका उपसभापति विष्णु बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सोमबार पोखरा उपत्यका नगर विकास समितिको कार्यालयका लेखा अधिकृत दयामोहन आचार्यलाई कुटेका बास्तोलालाई मंगलबार पक्राउ गरिएको हो । बास्तोला समिति अध्यक्ष हुन् ।

आचार्यले सुरक्षा मागसहित उजुरी गरेपछि कास्कीको हेम्जाबाट बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुरक्षाको माग गर्दै आचार्यले सोमबारै वडा प्रहरी कार्यालय बैदामा उजुरी दिएका थिए । दुवैलाई राखेर मिलाउने प्रयास गरिएको जानकारी वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले दिए । तर सहमति नभएपछि उनलाई हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।

अध्यक्ष बास्तोलाले आफूले नपिटेको दाबी गरिहेका छन् भने आचार्यले आफूमाथि बास्तोलाले कुटपिट गरेको दाबी गरेका छन् । पोखरा—८ सिमलचौरस्थित विश्वेश्वर शिव पञ्चाङ्ग मन्दिरका लागि ५१ हजार रुपैयाँ र अर्को एक आमा समूहलाई ५१ हजार रुपैयाँ भुत्तानी दिन अध्यक्ष बास्तोलाले चेक काट्न भनेका थिए । तर मन्त्रालयको स्वीकृतबिना अनुदानका लागि चेक काटन् नमिल्ने भन्दै लेखा अधिकृतले चेक काट्न मानेका थिएनन् ।

नियमविपरीत भुक्तानीका चेक काट्न अस्वीकार गरेका कारण आफूमाथि हातपात भएको आचार्यले बताए । बास्तोलाले ती दुई आयोजना स्वीकृत गरेका थिए । नगर विकास समिति ऐन २०४५ को १३ क मा नेपाल सरकारको मन्त्रालयको स्वीकृत बेगर अनुदान रकम भुत्तानी नदिन उल्लेख गरिएको छ ।

Posted by Unknown on 9:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कर्मचारी कुट्ने कास्की कांग्रेसका उपसभापति बास्तोला पक्राउ |"

Leave a reply