|

पोखरा १३ बाझापाटनमा हुने कालरात्री महोत्सवको तयारी पुरा |


पोखरा, १४ असोज। सत्य युवा क्लब पोखरा – १३ बाझापाटनले गर्न लागेको ११ औ कालरात्री सडक महोत्सव – २०७१ को तयारी पुरा भएको छ। महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुले तयारी पुरा गरेको क्लवका सचिव एवं प्रचार संयोजक विशाल गुरुङले जानकारी दिए। महोत्सव असोज १६ गते महाअष्टमीका दिन बाँझापाटनको सडकमा हुनेछ।


स्थानीय भद्रकाली माध्यामिक विद्यालयमा बास्केटबल कोर्ट बनाउनका लागि अर्थ संकलन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव झण्डै पाँच हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सवको आकर्षणमा राष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, स्थानीय व्याण्डको प्रस्तुती, सत्य युवा क्लवका सांस्कृतिक कार्यक्रम र चेतनामुलक डकुमेन्ट्रि रहने छन्।

महोत्सव सम्पन्न गर्न झण्डै ६ लाख खर्च लाग्ने र ११ लाख आम्दानी हुने अनुमान गरिएको छ। सङ्घ÷संस्थाको सहयोग, टिकट विक्री र बैदेशिक रोजगारीमा रहेका बाझापाटनका युवाहरुको आर्थिक सहयोगबाट कार्यक्रमको खर्च जुटाईने र केहि रकम बचत गर्ने लक्ष्य लिइएको छ।

०४६ सालमा स्थानीय युवाहरुको सक्रियतामा स्थापना गरिएको क्लवले शुरुका दिनहरुमा खेलकुदलाई प्राथमिकता दिएपनि पछिल्लो समय सामाजिक क्रियाकलापलाई अघि बढाउदै आएको छ। क्लवले २०६१ सालदेखि नै विजयादशमीको महाअष्टमीको दिन साँझ महोत्सवगर्दै आइरहेको छ।

Posted by Unknown on 9:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरा १३ बाझापाटनमा हुने कालरात्री महोत्सवको तयारी पुरा |"

Leave a reply