|

रजत जयन्तीको पूर्वसन्ध्यामा वृहत मोटरसाइकल -याली सम्पन्न |

देवीजंग तमू
पोखरा, ०२ कार्तिक

तमू प्ये ल्हु संघले रजत जयन्तीको पूर्वसन्ध्यामा आज पोखरामा वृहत मोटरसाइकल ¥याली सम्पन्न गरेको छ ।

वि.स २०४७ सालमा तमूहरुको मौलिक प्ये ताँ ल्हु ताँ वोन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने उद्धेश्यले स्थापित संघले २५ औँ वर्ष प्रवेशको अवसरमा भोलि कार्तिक ०३ गतेदेखि दुईदिन रजत महोत्सव विशेष कार्यक्रम मनाउन लागेको हो ।

महोत्सवको कार्तिक ०३ गते भोलि नेपाल सरकारका सिंचाईमन्त्री एनपी साउदले उद्घाटन गर्नुहुने भएको छ ।
उद्घाटन पूर्व संघको अगुवाईमा पोखरा सभागृहबाट वृहत साँस्कृतिक झाँकीसहित ¥याली निकाल्ने र उक्त ¥याली संघको प्राङ्गण फलिना क्होइपो परिसरमा पुगी उद्घाटन सत्रमा परिणत हुने रजत जयन्ती मुल आयोजक समितिका संयोजक एवम् तमू प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमूले जानकारी दिनुभयो ।


रजत महोत्सव अन्तर्गत भोलि कार्तिक ०३ गते मंगलवार विहान साँस्कृतिक झाँकीसहितको ¥याली, उद्घाटनसत्र, सम्मान कार्यक्रम र साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने ०४ गते अन्तिम दिन कार्यक्रमको समापनसंगै युवा समिति, आमा समुहबाट साँस्कृतिक प्रस्तुत रहनुका साथै पुरस्कार वितरण र सम्मान कार्यक्रम गरी समापन गरीने संयोजक तमुले जानकारी दिनुभयो ।

रजत महोत्सवलाई भब्य र सभ्य रुपले सम्पन्न गराउने उद्धेश्यले पूर्वसन्ध्यामा आयोजित वृहत मोटरसाइकल ¥यालीमा करिव ५ सय मोटरसाइकलको सहभागिता  रहेको थियो ।

तमू प्ये ल्हु संघको आयोजना र युके शाखाको विशेष सहयोगमा भएको मोटरसाइकल ¥यालीको एक समारोहवीच तमू प्ये ल्हु संघ युकेका अध्यक्ष सोम त्होर्जे तमूले प्ये ल्हु संघको झण्डा उत्तोलन गरेर उद्घाटन गर्नुभएको थियो ।


¥याली संघको फलिना क्होइपो परिसरबाट सुरु भई, नयाँबजार, लखनचोक, एयरपोर्ट, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, सृजनाचोक, सभागृहचोक, विपिचोक, सिद्धार्थचोक, मोहरियाटोल, विन्ध्यावासिनी, हरिचोक, सिम्पानी, टुडीखेल, वगर, महेन्द«पुल, रानीपौवा, माटेपानी, भद«काली हुदै मियापाटन, अमरसिंचोक, वुद्धचोक हुदै संघ प्राङ्गण फलिना क्होइपो परिसरमा पुगी समापन भएको थियो ।

तमू प्ये ल्हु संघ केन्दि«य समितिका सदस्य वुद्धि च्हमु्र तमूको संयोजकत्वमा मोटरसाइकल ¥याली सम्पन्न भएको हो ।

Posted by Unknown on 12:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रजत जयन्तीको पूर्वसन्ध्यामा वृहत मोटरसाइकल -याली सम्पन्न |"

Leave a reply