|

तमूहरुको संस्कार, संस्कृति नेपालको विशिष्ट सम्पदा ः सिँचाईमन्त्री साउद, प्ये ल्हु संघको रजत महोत्सव सुरु |

देवीजंग तमू
पोखरा, ०३ कार्तिक

सिँचाईमन्त्री एनपी साउदले वहुसाँस्कृतिक नेपालमा तमूहरुको मौलिक संस्कार, संस्कृति एक विशिष्ट सम्पदा भएको वताउनुभएको छ ।

तमू प्ये ल्हु संघको रजत महोत्सव कार्यक्रमलाई आज पोखरास्थित फलिना क्होइपो परिसरमा उद्घाटन गर्दै मन्त्री साउदले तमूहरुको यस मौलिक संस्कार र संस्कृतिलाई संरक्षण गर्न नेपाल सरकार तयार रहेको वताउदै यस्ता मौलिक अभ्यासहरुबाटै नेपालका पहिचान रहने वताउनुभयो । सेती नदी बाढिले दिन प्रति दिन फलिना क्होइपो परिसर र त्यस वरीपरीका क्षेत्रलाई नोक्सान पु¥याउदै आइरहेको वेलामा मन्त्रीले साउदले उचित व्यस्थापनको लागि सरकारले सहयोग गरीने वताउनुभयो । नेपाल सरकारबाट सेती नदीस्थित फलिना क्होइपो र त्यस वरीपरी आउने बाढि व्यस्थापनको लागि बजेटको रातो पुस्तकमा ४० लाख छुटाईसकेको वताउदै यसमा अझै थपेर सरकारले उचित व्यवस्थापन गर्ने वताउनुभयो ।

नेपाली काँग्रेसका नेता इन्द« वहादुर गुरुङले तमूहरुको धरोहरको रुपमा रहेको यस प्ये ल्हु संघको संरक्षण र संवद्र्धनको लागि सवै लाग्नुपर्ने वताउनुभयो । उहाँले तमूहरुको वास्तविक पहिचान पनि तमू मौलिक संस्कार, संस्कृतिसंगै रहेको वताउदै पहिचानको लागि सवै एकजुट हुन आग्रह गर्नुभयो ।


क्षेत्र नम्वर २ का सभासद शारदा पौडेलले सेती नदी बाढि व्यस्थापन मात्र नभई अर्मलाको भ्वाङ व्यवस्थापनका लागि आफु लागिरहेको वताउनुभयो । उहाँले वर्षौदेखि तमूहरुको धरोहरको रुपमा रहेको तमू प्ये ल्हु संघ वरिपरि सेतीनदीले समस्या पारेकोमा दुख व्यक्त गर्दै यसको उचित समाधानको लागि सरकारसंग आफुले पनि सहयोग माग्ने वताउनुभयो ।

तमू ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषदका महासचिव धनमान तमूले परिषदले पनि तमूहरुको मौलिक पच्यु, ल्हेपृ र वोन्पो लमको सम्मानमा परिषदको झण्डामा पुरोहितहरुले प्रयोग गरीने सामानलाई प्रस्तुत गरेको वताउनुभयो ।

नेपाली काँग्रेस पर्वतका पूर्वजिल्ला सभापति नवराज गुरुङले तमूहरुको धरोहर प्ये ल्हु संघलाई सेती नदीको बाढिबाट जोगाउन नेपाल सरकारले ४० लाख मात्र नभई त्यसमा ६० लाख थपेर १ करोड सहयोग गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रमको उद्घाटन पूर्व सभागृहबाट साँस्कृतिक झाँकी सहितको ¥याली निकालेको थियो । साँस्कृतिक झाँकीमा कास्कीका विभिन्न तमू समाज, देश तथा विदेशका शाखाहरुबाट बाक्लो उपस्थिति रहेको थियो । सभागृहबाट सुरु भएको साँस्कृतिक झाँकीसहितको ¥याली सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द«पुल, रानीपौवा हुदै संघको फलिना क्होइपो परिसरमा पुगी उद्घाटन सत्रमा परिणत भएको थियो ।



कार्यक्रममा वयोवृद्ध १०० वर्ष पुग्नुभएका युरा टु तमू, पच्यु समितिका अध्यक्ष कुल प्रसाद क्रोम्छै तमू, तमू प्ये ल्हु संघ केन्दि«य समितिका उपाध्यक्ष हितकाजी टु तमू र सदस्य आइ वहादुर ल्हेगेँ तमू लगायतले वोल्नुभएको थियो ।

रजत महोत्सव मुल आयोजक समितिका संयोजक एवम् तमू प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमूको अध्यक्षतामा भएको कार्यक्रममा दुईजना वयोवृद्ध, संस्थापक तथा संघलाई विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो

Posted by Unknown on 8:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तमूहरुको संस्कार, संस्कृति नेपालको विशिष्ट सम्पदा ः सिँचाईमन्त्री साउद, प्ये ल्हु संघको रजत महोत्सव सुरु |"

Leave a reply