|

तिहारमा भैलो खेल्न गएका युवकको शव बोरामा भेटियो |

गोरखाबजार, १३ कात्तिक । गोरखाको नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ ।
शव गोरखा नगरपालिका–२ का १८ वर्षीय वीरबहादुर रम्तेलको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रम्तेलको अनुहारमा ढुङ्गाले प्रहार गरेको चोट छ ।भैलो खेल्न बुधबार साँझ घरबाट निस्केका रम्तेल बिहीबार बिहान सवा ६ बजे अचेत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए । उनका अनुसार, एम्बुलेन्समा राखेर उपचारका लागि गोरखा जिल्ला अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको हो । उपचारका क्रममा रम्तेलको मृत्यु भएको गोरखा जिल्ला अस्पतालले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । रम्तेल सदरमुकाममा पेन्टिङ काम गर्थे 

Posted by Unknown on 12:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिहारमा भैलो खेल्न गएका युवकको शव बोरामा भेटियो |"

Leave a reply