|

माछापुच्छ्रे जटिबुडि प्रालि संचालनमा |

पोखरास्थित रानीपौवामा आयुर्वदिक औषाधि उपचार केन्द«को रुपमा माछापुच्छ«े जटिबुडि प्रालि संचालनमा आएको छ ।
नेपाल सरकारबाट स्वीकृत प्राप्त यस प्रालिले लेकमा पाइने विभिन्न खाले जटिबुडिहरु संकलन गरी क्यान्सर, जन्डिस, पाइल्स, व्लडप्रेसर, ग्यास्ट्रिक, आगोले पोलेको, महिनावरी विग्रेका र पाइल्स  लगायतका हरेक विरामीहरुको विना असर सफल उपचार गराइरहेको प्रालिका प्रमुख गगनसिं तमूले दावी गर्नुभयो ।
वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा १५ वर्ष वसाइको क्रममा उहाँ आफै क्यान्सरबाट विरामी भई भारतको दिल्ली, कलकत्ता, मदरस र नेपालको भरतपूर क्यान्सर अस्पतालसमेत उपचार गराउनुभएको थियो । नेपाल र भारतका विभिन्न अस्पतालहरुमा समेत आफ्नो रोगको राम्रो उपचार गर्न नसकेपछि उहाँ स्यवम् आयुर्वदिक उपचार पद्धतिबाट आफ्नो रोगको उपचारको लागि सक्रिय हुनुभयो । फलस्वरुप लेकहरुमा गई लेकका जटिबुडिहरु संकलन गरी आफैले रोगको उपाचारको लागि परिक्षण गर्नुभयो । पटकपटक परिक्षणबाट सफल भइसकेपछि दिनहुँ लेकका जटिबुडिको प्रयोग गरी क्यान्सर पनि पूर्णरुपले सफल भयो । फलस्वरुप उहाँले पोखरामै रहेर पनि लेकका जटिबुडिहरु संकलन गरी घरमै यी आयुर्वदिक औषधिहरु वेचिरहेता पनि हालै मात्र नेपाल सरकारबाट स्वीकृत लिई माछापुच्छ«े प्रालि संचालन गर्नुभएको छ ।
विहान ७ बजेबाट वेलुका ७ बजेसम्मा रानीपौवास्थित आफ्नै निवासमा विरामीहरुलाई सेवा दिइरहनुभएका गगनसिं तमूले देशका काठमण्डौँ, चितवन, वुटवल, भैरहवा, धरान र विदेशमा युके, हङकङ लगायतका देशहरुमा औषधीको माग हुने गरेको संचालक गगनसिं तमूले जानकारी दिनुभयो ।  गगनसिं तमूलाई यस कार्यमा श्रीमती धनकुमारी तमू र छोरी भूमिका तमूले साथ दिदै आउनुभएको छ ।

माछापुच्छ«े हिमायलय जटिबुडि प्रालि, रानीपौवा, ११, पोखरा
फोन नम्वर ०६१५३९४२०, ९८४६३३३२१६, ९८४६५२४६२४

Posted by Unknown on 10:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माछापुच्छ्रे जटिबुडि प्रालि संचालनमा |"

Leave a reply