मिस तमूस्योहरु कास्कीको पर्यटकिय गाउँ ताङतिङमा |
देवीजंग तमू
पोखरा, ०३ मंसिर
मिस तमूस्योको टोलि आज तमूहरुको ऐतिहासिक र पर्यटकिय गाउँ ताङतिङमा अवलोकन भ्रमणको लागि प्रस्थान गरेको छ ।
मिस तमूस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने मुल नाराका आयोजित चौथो मिस तमूस्याका १८ प्रतियोगिसहित आयोजक तमू विद्यार्थी छोँज धिँका प्रतिनिधिहरुको टोलि ताङतिङ प्रस्थान गरेको कार्यक्रम संयोजक भुपाल तमूले जानकारी दिनुभयो ।
ताङतिङ गई टोलिले तमूहरुको संस्कार, संस्कृति, रितिथिति एवम् गाउँको ऐतिहासिक पृष्ठभूमिबारे अध्ययन अवलोकन गरिने विद्यार्थी छोँज धिँ जिल्ला सचिव भोज तमूले वताउनुभयो । टोलि भोलि नै पोखरा फर्किनेछ ।
मंसिर १३ गते हुने फाइनल प्रतियोगिताको लागि तालिममा रहेका प्रतियोगिहरुले उदघोषण कला, व्यक्तित्व विकास, तमु भाषा, मौलिक संस्कार संस्कृति लगायत विभिन्न चरणमा तालिमहरु लिइरहेका छन्
