|

भुकम्पपिडितलाई प्ल्हेँ परिवारबाट सहयोग प्रदान |

भुकम्पपिडितलाई प्ल्हेँ परिवारबाट सहयोग प्रदान
खुस्मिता गुरुङ
पोखरा, असार ३१ गते,
गत बैशाख १२ गतेको विनासकारी भूकम्प बाट पूर्ण रुपमा क्षति भएका गोर्खा जिल्लाको केराबारी गा.बि.स ७ भिर्सिङ गाउँमा बसोबास गर्नुहुने १४ प्ल्हेमे घर परिवारको लागि उठाएको अर्थीक राहत संकलन रकम गत असार २८ गते पोखरामा एक समारोहवीच वितरण गरेको छ ।
नेपाल प्ल्हेमे समितिका कोषअध्यक्ष श्री गणेश प्ल्हेमे तमुले भूकम्प प्रभावित गोर्खा जिल्ला केराबारी गा.बि.स ७ भिर्सिङका प्ल्हेमे परिवारलाई संकलित एक लाख १९ हजार ३०० रुपया हस्तान्तरण गराउनु भएको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा समितिका उपाध्यक्ष माओत्से प्ल्हेँ तमु सचिव हुबि प्ल्हेँ तमु , कोषाध्यक्ष गणेश प्ल्हेँ तमु सदस्य रतन प्ल्हेमे तमु सुरज प्ल्हेमे तमु प्ल्हेँ तमु समाजका सेवी तथा सल्लाकर सुद्बिर प्ल्हेमे तमु पैडी दुजाऊ प्ल्हेमे तमु लगायत र गोर्खाबाट आउनु हुने भिर्सिङ गाउँका प्रेम प्ल्हेमे तमु इन्द्र प्ल्हेमे तमु तिर्थ प्ल्हेमे तमु बिकाश प्ल्हेमे तमु सहित पोखराका प्ल्हेमे परिवारको बाक्लो उपस्थिति रहेको थियो
देश विदेश बाट उठएको भूकम्प आर्थिक सहयोग रकम यसअघि गत असारको पहिलो हप्ता युकेमा बसोबास गर्नुहुने प्ल्हीम परिवार बाट पहिलो किस्ता रु , १ लाख २७ हजार नेपाली रुपयाँ हस्तारण गराई सकेको छ भने अहिले पछिल्लो दोश्रो रकम युवा समाज सेवी तथा नेपाल प्ल्हेमे परिवार सम्मेलनका सयोजक तथा तमु प्ये ल्हु संघ युएई का सस्थापक अध्यक्ष एकाजंग प्ल्हेमे तमुको बिशेष पहलमा हङकङ,बम्बई, इजरायल, दुबई, कतार लगायत बिदेशमा बस्नु हुने प्ल्हे दाजु भाइ तथा दिदि बहिनीहरुबाट संकलन गर्नुभएको थियो भने पोखरामा बसोबास गर्नु हुने प्ल्हेमे परिवार बाट जनही १ हजारको दरले रु २० हजार जम्मा गरि १,१९,३०० रकम संकलन भएको थियो । विदेश बाट संकलन भएको पैसा एकजंग प्ल्हेमे तमु का छोरि खुस्मिता प्ल्हेमे तमु बाट समितिमा हस्तारण गराउनु भएको थियो
रकम संकलन नाम
१, एकाजंग प्ल्हेमे रु ,५० हजार दुबाई
२, उमाती प्ल्हेमे तमु रु ,५,००० हङकङ
३,सीता गुरुङ रु २ ,००० हङकङ
४ कतार बाट २० हजार
५ इजरायल बाट उमा प्ल्हेस्यो र तारा प्ल्हेस्यो २० हजार
६ ,लाल बहादुर प्ल्हेमे रु ,५,००० बम्बई
प्ल्हेमे भाइ खलक पोखरा २० हजार र हिजै मात्रै इजरायल बाट बिमल प्ल्हेमे तमु र निर्मल प्ल्हेमे तमु बाट रु २० हजार थप रकम पठाएको जानकरी प्राप्त भएको छ



Posted by Unknown on 1:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भुकम्पपिडितलाई प्ल्हेँ परिवारबाट सहयोग प्रदान |"

Leave a reply