|

पोखरामा पहिरोले स्कुल पुर्‍यो, एक विद्यार्थीको मृत्यु |


पोखरा छोरेपाटनमा रहेको एक्स आर्मी पब्लिक स्कूल पहिरोले पुरिँदा १ विद्यार्थीको ज्यान गएको छ । ३ शिक्षक सहित १० जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाईते भएका पोखरा १७ डेबिडफल्स बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सन्जय गायकको उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको हो । विद्यालयको एउटा कक्षाकोठाको छानामाथि पहिरो खसेको थियो । पहिरोका कारण ३ शिक्षक र ७ विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको मेट्रोसीटी र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ 
पोखारा

Posted by Unknown on 3:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा पहिरोले स्कुल पुर्‍यो, एक विद्यार्थीको मृत्यु |"

Leave a reply