पुरानै पेशा पसुपलानमा रमाउछन ताँङतिङ गाउँलेहरु |
पुरानै पेशा पसुपलानमा रमाउछन गाउँलेहरु
ताँङतिङ गाउँ
एकाजंग गुरुङ ,श्रवान १३ ,२०७२
अन्नपुर्ण हिमाल र लम्जुंग हिमालको सिमानामा अवस्थित कास्की जिल्लाको नामार्जुंग गा.वि.स ताँङतिङ गाउँ पर्यटकिय हिसाबले चर्चित नमुना गाउँ हो प्राकृतिक दृष्ट्रिकोणले यो गाउँ अति सुन्दर छ | नजिकै बाट हिमालको दृश्यहरु हेर्न पाइने हरियाली डाँडा वनजंगल र लेकाली क्षेत्रम पाइने विभिन्न बन्यजन्तु, पशुपंक्षी, डाँफे , मुनाल, घोरल मृगहरू प्रशस्तै मात्रामा देखिन पाइन्छ, तमु जातिको उद्गम थलो ऐतिहासिक स्थल क्होला सोथर पैदल मार्ग र जनैपुर्णमा मेला दुधपोखरी जाने बाटो यहि ठाउँ हुदै तीर्थालुहरु चुरो, ठुलेक, हुदै लम्जुंग दुधपोखरी ,मानांङ मुक्तिनाथ दर्शन गरेर फर्केको हुन्छ
ताँङतिङ गाउँको पुरानो पेशा भनेकै कृषि पशुपालन भैसी गोठ, गाई गोठ, भेडी गोठ हो तर पछिल्लो समयमा युवा बैदेसिक रोजगारमा बिदेस पलायन भएको हुदा भेडीगोठ निर्मुल भैसकेको छ भने गाई गोठ र भैसी गोठहरु यथावत नै रहेको छ, हङकङ युके लाहुरेहरु झैँ पैसा कमाउन नसकिए पनि पुर्खौली पेशामै रमाउने गरेको बताउनु हुन्छ गोठालो चिवा श्री आश् पुरे क्रोम्छे तमु, अर्का एकजन भारतीय सेनामा १७ वर्ष नोकरी गरी अवकास प्राप्त भू पु डमर गुरुङ पनि यहि पेशामा रमाउनु हुन्छ, भूपू वडा अध्यक्ष श्री डमर सिङ् गुरुङ पनि यही पेशाम निर्भर छन् ,कोही कोही पुरानो लाहुरेहरु यहि ठाउमा गोठालो बसेर मलायको लाहुरे भएको स्मरण गराउनु हुन्छ, दुध दही घ्यु छुर्पी कोराउनी फालाफाल रहेको तर बजार भाउ नपाएकोले गोठालोहरुको लगनशिलता र परिश्रम खेर त्यसै गएको जिकिर गर्नु हुन्छ साइली बिपना क्रोम्छे तमुस्यो | फोटो : बिपना गुरुङ ताँङतिङ गाउँ
फोटो :बिपना गुरुङ