|

कास्कीमा पहिरोमा परि ९ जनाको मृत्यु |

कास्कीमा पहिरोमा परि ९ जनाको मृत्यु
रोशनी गुरुङ 
पोखरा १४ साउन
कास्कीको लुम्ले र भदौरे गाविसकाका विभिन्न ठाउँमा आएको पहिरोले अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । घटनामा परी १६ जना घाईते भएका छन् ।
कास्कीको भदौरे तमागी गाविसको वडा नं ५ स्थित डुँडेफाटमा ७ वटा घर बगाउँदा ५ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गौरी पराजुली र उनका पाँच वर्षीय छोरा रहेको स्थानीय गुरुप्रसाद पौडेलले जानकारी दिनुभएको छ । अन्य ३ जनाको नाम खुल्न नसकेको उहाँले बताउनुभयो । बस्ती नजिकै खहरे र हर्पनखोला बढेर सुरक्षित स्थान खोज्दै डाँडातिर उक्लिने क्रममा आएको पहिरोले बगाउँदा उनीहरुको मृत्यु भएको बताईएको छ । खोला निकै ठूलो भएकाले तर्न नसकिएकोले घाईते भएका ५ जनालाई उद्धार गर्न सकिएको छैन । घटनामा परी ५ जना हराईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
राती १२ बजेदेखी आएको पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत घर पुरिएका छन् । उहाँका अनुसार वेपत्ताहरुको स्थानियले उद्धार गरिरहेका छन् भने प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको एक टोली त्यसतर्फ गइरहेको छ । घटनास्थल पोखराको लेकसाईडबाट १६ किलोमिटर पश्चिममा पर्छ ।
यसैगरी कास्कीकै लुम्लेमा पहिरो जाँदा १२ घर पुरिएका छन् । लुम्ले वडा नम्बर ४ र ६ मा पहिरो जाँदा पहिरोमा परेका ३ जनाको शव भेटिएको छ भने अन्य केही वेपत्ता भएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेका छन् । पहिरोले बाटो समेत अबरुद्ध हुँदा पोखरा–वागलुङ सडक अबरुद्ध भएको छ । बास्कोटचोकदेखी नै बाटो अबरुद्ध भएको छ भने अहिले डोजरको सहायताले अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ



Posted by Unknown on 12:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीमा पहिरोमा परि ९ जनाको मृत्यु |"

Leave a reply