|

गोरखा जिल्लामा पहिलो पटक गुरुङ जातीको धर्म सस्कार प्ये ताँ ल्हु ताँ विचार विमर्श कार्यक्रम |

गोरखा  कल्लेरी गाउँ 
२०७२ श्रावण २६, यहि श्रावण २४ गते देखि श्रावण ३० गतेसम्म गोरखाको विभिन्न तमु गाउँहरुमा चल्ने साताव्यापी तमु जातीको बृहत् प्ये ताँ ल्हु ताँ अभियान अघि बढ्ने क्रममा आज तेस्रो दिन मिती २०७२ श्रावण २६ गते गोरखा आरुआर्वाङ गाबिस स्थित कल्लेरी गाउमा सम्पन्न भयो । उक्त गाउमा पाल्नुहुने अतिथिहरुको भब्य स्वागत,कार्यक्रम निकै र स्थानिय तमु जातीको बेजोड उपस्थिती साथै निकै खुशी र हर्सोल्लास्का साथ उपलब्धी र अर्थपुर्ण तरिकाले कार्यक्रम सोचे भन्दा बढी सफल भएको स्थानिय कार्यक्रम संयोजक चित्र तमु ज्युले जानाकारी दिनुभयो।
उक्त कार्यक्रममा प्रमुख अतिथी तमु ह्युलाका प्रमुख रेशम तमु,विशेष अतिथी तमु प्ये ल्हु सङ्घका प्रमुख क्या. रुप बहादुर गरब्ज तमु ,पह्च्यु समितीका प्रमुख,क्ल्हेप्री समितीका प्रमुख,वोनपो लम समितीका प्रमुख ,सस्कृती तथा ईतिहास लेखनका सचीव पोल बहादुर तमुबाट आफ्नै बिषय बस्तुमा कार्यक्रमको उदेश्य अनुरुप मन्तव्य दिएका थिए भने,तमु मै ता का मिडिया कर्मीहरु,केन्द्रीय सास्कृतिक टोली बाट सास्कृतिक गितहरुमा नृत्य प्रस्तुत साथै स्थानिय कौडा नृत्य,ठाडो भाका र सोरठी नृत्य प्रस्तुत गरेको थियो



Posted by Unknown on 9:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गोरखा जिल्लामा पहिलो पटक गुरुङ जातीको धर्म सस्कार प्ये ताँ ल्हु ताँ विचार विमर्श कार्यक्रम |"

Leave a reply