पानी घट्टको छोटो जानकारी" डमर सिङ्ग प्ल्हे तमु ताँङतिङ ४
पानी घट्टको छोटो जानकारी" डमर सिङ्ग प्ल्हे तमु ताँङतिङ ४ कार्तिक २५ गते
पानी घट्ट पानी बाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोग बाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विषेश गरि नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउनेगर्दछ।
घट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो। पानीलाई अग्लो ठाउँबाट काठको डूँडमार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्नेगरी पानीघट्टको मदानी राखिएको हुन्छ। मदानी घुमेपछि घट्टमा जोडिएको ढुंगाको जाँतो चल्नथाल्छ र अन्न पिस्न थाल्छ।अन्न निरन्तर खस्नको लागि यसको माथि सोली राखिएको हुन्छ। सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट घट्टमा खस्दछ। सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवाश्यकता हुन्छ।यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटो चरोद्वारा जोडिएको हुन्छ। गाउँघरमा मकै, कोदो, फापर, गहूँ,चामल आदि अन्नबाली पिस्नका लागि पानीघट्टको प्रयोग अझैसम्म भैरहेको पाइन्छ। घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ। अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ