|

गाउँको नाममा टिर्सट प्रिन्टको लागि अमेरिका र क्यानडाबाट सहयोग


कार्तिक २५ गते ताङतिङ |

कास्कीको पर्यटकिय गाउँ मा पर्यटन प्रवद्र्धनका लागि ताङतिङवासीहरु लागिपरेका छन् ।
बैदेशिक रोजगारको क्रममा अमेरिकामा कार्यरत छ जना ताङतिङका युवाहरुले गाउँमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्धेश्यले एक समारोहवीच सहयोग गरेका छन् । पछिल्लो क्रममा विभिन्न गाउँ, ठाउँहरुको प्रचारप्रसारको लागि गाउँको नाम लेखि टिसर्टहरु लगाउने चलन बढ्दै गइरहेको बेलामा अमेरिका र क्यानडाबाट ताङतिङका छ युवाहरुले पनि टिसर्टमा गाउँको नाम लेखि प्रचारप्रसार गर्ने उद्धेश्यले ५,०० अमेरिकी डलर सहयोग गरेका हुन् । अमेरिकामा रहनुभएका ताङतिङ वडा नम्वर ४ का युवाहरु रन वहादुर गुरुङ, सोम गुरुङ ४ , सन्तोष गुरुङ ४ , हिरा गुरुङ ४ , वडा नम्वर ३ का पर्शुराम गुरुङ र क्यानडामा कार्यरत वडा न ४ का खुशी गुरुङले संयुक्त रुपमा समाजसेवी तमू प्ये ल्हु संघ युएईका अध्यक्ष एक्काजंग गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । गाउँको प्रचारप्रसारको लागि अमेरिका र क्यानडाबाट पठाएको सहयोग रकमले lovely tangting (लब्ली ताङतिङ ) लेखिएको टिर्सट प्रिन्ट गरीने समाजसेवी गुरुङले जानकारी दिनुभयो । प्राकृतिक र साँस्कृतिक रुपले धनी कास्की नामार्जुङ गाविसस्थित ताङतिङ गाउँलाई पर्यटकहरुको उत्कृष्ट गन्तव्यको रुपमा पनि लिन सकिन्छ । 

Posted by Unknown on 6:58 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गाउँको नाममा टिर्सट प्रिन्टको लागि अमेरिका र क्यानडाबाट सहयोग "

Leave a reply