विमानस्थलमा कुकुर र बाँदरको रजगज
काठमाडौ-अन्तर्राष्ट्रिय विमानस्थलकी कर्मचारी मन्जु केसी पोलिथिनको कालो झोलामा फोहोर पोको पारेर नजिकै डम्पिङ साइटतिर जाँदै थिइन्। उनलाई पछ्याउँदै आइरहेको थियो, एउटा भुस्याहा कुकुर। फोहोरको गन्धमा खानेकुराको भान पाएर होला, त्यो कुकुर लगातार पुच्छर हल्लाउँदै थियो। मन्जु धपाउन खोज्थिन् । कुकुर अटेर गरेर पछ्याएको पछ्यायै गथ्र्यो।
पोकोभित्र बिस्कुट र अरू खिद्रीमिद्री खानेकुराका फोहोर छन्,' आइतबार सा"झ सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भेटिएकी मन्जुले नागरिकसँग भनिन्, 'त्यही फोहोरको गन्ध सुँघेर आएको हो।' कुकुर विमानस्थल बाहिरैदेखि मन्जुको पछि लागेको थियो। अरू धेरै भुस्याहा कुकुर पहिल्यैदेखि विमानस्थल परिसरभित्रको डम्पिङ साइटमा फालिएका फोहोर छानीछानी खाँदै थिए। एउटा ठूलो भोज चलेजस्तो भइरहेको थियो त्यहाँ, कुकुरहरूको। अन्तर्राष्ट्रिय विमानस्थलको यो डम्पिङ साइटबाट धावनमार्गको दुरी चार सय मिटर पनि छैन, जहाँ डेढ महिनाअघि मात्रै एउटा उड्नै लागेको जहाजको पांग्रामा भुस्याहा कुकुर ठोक्किएको थियो। त्यसयता पशु अधिकारवादीले पटकपटक गरी दर्जनभन्दा बढी कुकुर समातेर विमानस्थलबाहिर लगिसकेका छन्। कुकुरभन्दा अगाडि बाँदर आतंक थियो। बादरले विमानस्थल क्षेत्रमा सबैको सातो लिएपछि केही विज्ञको टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत बुझायो। कुकुर र बाँदरको उपद्रो चलिरहँदा बेलाबखत चिलहरूले पालो पाउँछन्। साना जहाजका इन्जिन र ककपिटमा चिल ठोक्किएर धन्नैधन्नै दुर्घटना नभएको थुप्रैचोटि भइसक्यो। कतिपय चिलकाण्ड त विमानस्थल व्यवस्थापनले गुपचुपै राख्छ। देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पशुपंक्षीको जगजगीले उड्डयन क्षेत्रमा काम गर्नेहरू दिनरात पिरोलिइरहेका छन्। यस्तो लापरवाहीले जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने बताउँदै उनीहरूले पटकपटक सरकारलाई सचेत गराइसके। तर, विमानस्थल सुरक्षामा रौं बराबर प्रगति भएको छैन। यसको उदाहरण धावनमार्गबाट चार सय मिटर दुरीमा निलो जस्ताका पाताले बेरेर बनाइएको 'डम्पिङ साइट' हो, जहाँ कुकुरको भोज चलिरहेको देखिन्छ दिनहुँ। बाँदर उफ्रिरहेका भेटिन्छन् हरबखत। डम्पिङ साइट छिर्ने ढोकाको दायाँतर्फ पनि फोहोरको डुंगुर छ। त्यसभन्दा ३० मिटर पर अझ धेरै फोहोर थुपारिएको छ। आइतबार त्यहा" पुग्दा झन्डै दुई–तीन सय बादर फोहोरमाथि बसेर जुसको प्याकेट प्वाल पारिरहेका थिए। कोही मुख मिठ्याउँदै जुसको स्वाद लिइरहेका थिए। बिस्कुट र पाउरोटी पनि छानीछानी खान छुट थियो तिनलाई। नजिकै बडेमानको सुकेको रुखमा विभिन्न प्रजातिका चरा आहाराको खोजीमा बसिरहेका थिए। फोहोरको थुप्रोमाथि कुकुर र बा"दरको रजाइँ थियो। चक्रपथसग जोडिएको विमानस्थल प्रवेश द्वारभित्रका सबै कार्यालयका फोहोर त्यही डम्पिङ साइटको खुला आकाशमुनि फाल्ने गरिन्छ। सैनिक ब्यारेक, प्रहरी कार्यालय, मौसम पूर्वानुमान महाशाखा, विमानस्थल सुरक्षा युनिट, दुईवटै विमानस्थल टर्मिनल भवनका फोहोर फाल्ने ठाउँ यही हो। ती कार्यालय र ठूला जहाजबाट निस्किने जुसका प्याकेट, बोतल, पाउरोटी, बिस्कुट, चिज, बटर, फलफूल, मासुजन्य पदार्थजस्ता फोहोर पशुपंक्षीका प्रमुख आहारा हुन्। यतिमात्र होइन, विमानस्थलको पानी निकास पनि त्यही डम्पिङ साइटको फेदबाट छ। साइटको पश्चिम फेदमा गल्फ मैदान छ। साइटस्थलमा प्वालै–प्वाल परेको जस्ता छापेको एउटा घर र एउटा भत्किएको छाप्रोबाहेक केही छैन। फोहोर खुला रूपमा भिरमा खसालिएको छ। साइट कर्मचारी सुरेश साहका अनुसार यहाँ तीन–चार सय बादर एकैपटक चर्न आउछन्। 'कसरी धपाउने?' उनले भने, 'कुकुर पनि आउँछन्, विमानस्थल वरिपरि निस्फिक्री डुलिरहेका हुन्छन्।' ठूलो भवन बनाएर सा"चो लगाउने व्यवस्था नगरेसम्म यो समस्या यथावत् रहने उनले बताए। 'मान्छे आउ"छन्, हेर्छन्, यसलाई बनाउनुपर्छ भन्छन्, बनाउँदैनन,' साहले स्थिति प्रस्ट पारे। उनका अनुसार विमानस्थल परिसरभित्रका कार्यालयमा काटिने रागा र खसीका आन्द्राभुडी फाल्ने ठाउँ यही डम्पिङ साइट हो, जसले कुकुरलाई बढी नै लोभ्याउँछ विमानस्थलको स्थलगत अध्ययन टोलीमा संलग्न डा. मुकेश चालिसेले विमानस्थल वरपर देखिने पशुपंछीको मुख्य आकर्षण नै डम्पिङ साइट भएको बताए। 'यसलाई व्यवस्थित नगरेसम्म विमानस्थल सुरक्षित हुँदैन,' उनले नागरिकसँग भने, 'विमानस्थलजस्तो संवेदनशील ठाउँमा रहेको डम्पिङ साइटलाई खुला राखेर प्रशासनले यात्रुहरूको सुरक्षामा खेलवाड गरिरहेको छ।' फोहोर फाल्ने ठाउँलाई कुकुर, बाँदर र चरा चर्नबाट जोगाउन 'बिर्कोले छोपेर राख्नुपर्ने' सुझाव स्थलगत अध्ययन टोलीको पहिलो बुँदामै समेटिएको थियो। 'हामीले डम्पिङलाई ठूलो घरभित्र पशुपंक्षीको पहुचबाट टाढा राख्न सुझाव दिएका थियौं,' डा.चालिसेले भने, 'अहिलेसम्म त्यो कार्यान्वयन नगरेर विमानस्थल प्रशासनले अटेर गरेको छ।' खान्की खोज्दै गएका तिनै कुकुर र बादर टर्मिनल भवन र धावनमार्गसम्म पुग्ने भएकाले कुनै पनि बेला दुर्घटना निम्तिनसक्ने उनले बताए। त्यो डम्पिङ साइट कुकुर, बादर, काग, चिल, बाज, सारौटे, चिबे, लाटोकोसेराहरूको आहाराकेन्द्र बनेकाले यसलाई तुरुन्तै व्यवस्थापन गर्नुपर्ने सुझाव टोलीले दिएको थियो। 'सबैभन्दा असुरक्षा यिनै पशुपंक्षीबाट छ,' चालिसेले भने। जहाजको पांग्रामा भुस्याहा कुकुर ठोक्किनुअघि पनि पशु कल्याण सञ्जाल नेपालले विमानस्थल परिसरबाट नौवटा कुकुरलाई भ्यानमा हालेर बाहिर लगेको थियो। विमानस्थल प्रशासनले भने कुकुरको बिगबिगी हुनुमा पशु सञ्जालमाथि नै दोष थोपर्यो। पशु अधिकारवादीहरूले कुकुर मार्न नदिएकाले समस्या आएको उनीहरूको आरोप थियो। 'प्रशासन विमानस्थलको दिगो सुरक्षा गर्नै चाहँदैन,' सञ्जालका अध्यक्ष मनोज गौतमले भने, 'असुरक्षाको मुख्य कारण नै डम्पिङ साइट हो। यसलाई खुला राख्दै नराख भनेर हामीले पटकपटक सुझाव दिइसकेका छौं तर अवस्था जहाँको तहीँ छ।'विमानस्थल प्रशासनले भनेजस्तो पशुपंक्षी मार्नु दिगो समाधान नभएको उनी बताउँछन्। तिनलाई विमानस्थल क्षेत्रमा आउँदै नआउने वातावरण तयार गर्नुपर्छ। 'अव्यवस्थित डम्पिङ साइट नै फ्लाइटका लागि प्रमुख खतरा हो भन्ने विमानस्थल प्रशासनले बुझ्नु जरुरी छ,' गौतमले भने, 'खान्की हुदासम्म जनावर आइरहन्छन्, त्यसलाई मारेर प्रजनन् रोक्न सकिँदैन।' प्रशासनले राता बादरहरू विमानस्थल परिसर र जहाज चढ्ने ठाउँसम्म छिर्न थालेपछि निकुञ्ज विभागको सहयोग मागेको थियो। 'खानेकुराको गन्ध र स्वादले बा"दरहरू भित्र छिरेपछि विदेशी पर्यटकले गुनासो गरेछन्, अनि हाम्रो सहयोग मागिएको थियो,' डा.चालिसेले भने, 'बा"दरबाट मानिसमा सबै किसिमका रोग सर्ने सम्भावना हुन्छ। विदेशीहरू यसबारे अझ बढी सचेत हुन्छन्।'उनका अनुसार पशुपति क्षेत्रमा करिब ४ सय राता बादर छन। ती समूह–समूहमा खान्की खोज्दै विमानस्थलको डम्पिङ साइटमा आउछन्। तीमध्ये कतिपय रोगी छन्। 'दिगो समाधान खोज्ने हो भने जन्ड बादरलाई सरकारी वनमा स्थानान्तरण गर्नुपर्छ, रोगी बादर मार्नुपर्छ,' उनले भने, 'विमानस्थलभित्र ठूल्ठूलो आवाज निकाल्ने साइरन पनि जडान गर्नुपर्छ।' पशुपति क्षेत्रमा ५०÷६० भन्दा धेरै बादर राख्न नहुने सुझाव पनि उनले दिए। गौतम सुरक्षाकर्मीको लापरवाहीले पनि कुकुरहरू विमानस्थल छिर्ने गरेको बताउछन्। 'यात्रुबाहेक सवारी साधन छिर्ने द्वारहरूमा पनि ठूल्ठूलो ग्याप छ,' उनले भने। गौतमले दोस्रो सुझावका रूपमा त्यहाँ पुग्ने कुकुरलाई बन्ध्याकरण गर्नुपर्ने उल्लेख गरेको जानकारी दिए। नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक रतिसचन्द्र लाल सुमन भने यी समस्याबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । 'डम्पिङ साइट नै होइन होला, फोहोर फाल्ने ठाउँ होला,' उनले नागरिकसँग भने।साइटका कर्मचारी साहका अनुसार विमानस्थलबाट मासिक २० ट्रिपर (महानगरले फोहोरो ओसार्ने ठूलो ट्रिपर) फोहोर निस्कन्छ। महिनाको १६ देखि २० दिन महानगरको ट्रिपर फोहोर लिन पुग्छ । तैपनि फोहोर थुप्रिने क्रम कहिल्यै नरोकिने उनले बताए।फोहोर व्यवस्थापनका ठेकेदारले दुई सिफ्ट गरेर सातजना कर्मचारी राखेका छन्। ती कर्मचारीले काम लाग्ने क्यान र पोलिथिनका फोहोर छुट्ट्याउछन्। खाद्यपदार्थ मिसिएका फोहोर भने दिनभर खुलै रहन्छ। 'फोहोर व्यवस्थापनको निम्ति हामीले दिएका सुझाव मानेर डम्पिङ साइट छोप्ने बन्दोबस्त नगरेसम्म जहाजको पांग्रामा कुकुर ठोक्किनेजस्तो घटना भइरहनेछ,' डा. चालिसेले भने, 'बाँदरहरू पनि रोक्न सकिँदन, आहारा खोज्न आउने चिलहरू पनि यहाँ उडिरहनेछन्।''सबभन्दा पहिला समस्यालाई गम्भीरतापूर्वक लिनुपर्यो, अनि मात्र समाधान हुन्छस्रोत - Nagarik News